राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कास्किको २२औ बार्षिक साधारण सभा सम्पन्न

-


     कालिका दर्शन     
     श्रावण २७ गते २०८० मा प्रकाशित


केपि कुमार जलनर बागलुङ/राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्किको २२औ बार्षिक साधारण सभा एबं सम्मान कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ ,उक्त कार्यक्रमराष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्ब केन्द्रीय अध्यक्ष ,कास्कीका संरक्षक बरिष्ठ लोक दोहोरी गायक आदरणीय पुरुषोत्तम न्यौपाने ज्यु को प्रमुख आतिथ्यतामा साइमन पार्टी प्यालेसमा सम्पन्न भएको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुराउने ब्याक्तित्वहरू लाई सम्मान गरिएको थियो सम्मानित हुनेहरूमा उत्कृष्ट कार्य समिति सदस्य बिनोद बिश्वकर्मा ,विदेश मा रहेर नेपाली गीत संगीत लाई माया गर्नु हुने अमर सापकोटा ,मेरी वास्सै का निर्देशक दिवाकर भण्डारी , समाजसेवी राजेन्द्र जिसि , अग्रज गायिका ज्ञानसरा जुग्जाली ,सांगठनिक प्रतिवेदन तयार गरि प्रस्तुत गर्ने सस्थाका प्रथम उपाध्यक्ष परशुराम अधिकारी ,कार्यक्रम संचालक प्रवक्त सुनिल गायक लाई सम्मान गरिएको थियो l

उक्त कार्यक्रममा कास्कीका पुर्व अध्यक्ष एवम् वर्तमान संरक्षक प्रतिष्ठान नेपालका प्रशासिनक सचिव जीवन दाहाल ,सचिव घनश्याम रिजाल , सचिब शंकर बिरही गुरुङ केन्द्रीय सदस्य एंव सल्लाहकार सुरेन्द्र गुरुङ , केन्द्र का पुर्व उप महासचिव एवम् कास्कीका सल्लाहकार चोलेन्द्र पौडेल , प्रतिष्ठान कास्कीका संरक्षक द्वय पुर्णबहादुर हेल्मो गुरुङ शिबहरी ढुङगाना कास्किका निवर्तमान अध्यक्ष टेक क्षेत्रि गण्डकी प्रदेशका अध्यक्ष राजन कार्की ज्यु उपाध्यक्ष दिलु लामा कोषाध्यक्ष कृष्ण सुवेदी , लगायत सम्पुण कार्यसमिती , प्रतिष्ठान पर्वतकि अध्यक्ष पुजा कार्की शर्मा ,प्रथम उपाध्यक्ष सन्तोष सुवेदी ,पोखरा संगीत समुहको अध्यक्ष होम गुरुङ , पोखरा लोकदोहोरी ब्यवसायी संघका अध्यक्ष जीवन गुरुङ ,बरिष्ठ पत्रकार श्याम कुवँर लगायतका ब्याक्तित्वहरूको सहभागिता रहेको थियो ।