सिम्रनको आवाजमा रहेको दोस्रो गित ‘मुटुमै घाउ छ’ बजारमा

-


     कालिका दर्शन     
     श्रावण २८ गते २०८० मा प्रकाशित


केपि कुमार जलनर बागलुङ/ नब प्रतिभा सिम्रन परियारको आवाजमा रहेको ‘मुटुमै घाउ छ’ बोलको आधुनिक गित बजारमा सार्वजानिक भएको छ , सामाजिक संजाल टिकटक फेसबुक र युटुबमा भाईरल बनेकि सिम्रनको आबजमा रहेको यो दोस्रो गीत हो , डा।विष्णुमूर्ति भट्टराईको शब्द, श्रीधर अधिकारीको संगीतमा रहेको गितमा सिम्रन परियारको एकल आबज रहेको छ ,
भिडियोमा श्रीधर अधिकारीको निर्देशन
दीपक गिरीको छायांकन र दीपक विष्टको सम्पादन रहेको छ भने म्युजिक भिडियो श्रीधर अधिकारी अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
सिम्रनले स्वर दिएको पहिलो गीत ‘उसलाई पाउन २’को फिमेल भर्सन यतिबेला युट्युबमा संगीततर्फ ट्रेन्डिङको पहिलो नम्बरमा कायमै रहेको छ ।