पर्यटकिय गन्तव्य भिरलाखुरी भ्यू प्वाइन्ट जाउं…………

-


     कालिका दर्शन     
     श्रावण २८ गते २०८० मा प्रकाशित


बागलुङ नगरपालिका वडा नं.६ स्थित भिरलाखुरीमा रहेको भ्यू प्वाइन्टको प्रबद्र्धन तथा प्रचार प्रसारका लागि स्थानिय समुदायहरुले सक्रियता बढाएका छन । भिरलाखुरी महिला समूहको आयोजना तथा बानपा ६ वडा कार्यालयको समन्वयमा बागलुङ बजारदेखि पदयात्रा कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
कलाकार तथा पर्यटन अभियन्ता रामजी नेपाली, संचारकर्मि, समाजसेवी, स्थानीय जनप्रतिनिधी सहितका स्थानीयहरुको सहभागितामा सो पद यात्रा सम्पन्न भएको थियो । भिरलाखुरीको भ्यू प्वाइन्टदेखि देखिने बागलुङ बजार सहितको रमणीय परिदृश्यले तेहा जानेहरु निकै रमाउने गरेको सो वडाकी सदस्य शान्ता नेपाली बताउनु हुन्छ । आफ्नो क्षेत्रमा रहेको पर्यटकिय गन्तव्यलाई स्थानीय समुदायले अग्रसरता लिइ प्रचार प्रसार गर्ने उद्धेश्यले यो कार्यक्रम आयोजना गरिएको र आगामी दिनहरुमा पनि अन्य रचनात्मक गतिविधीहरु गरिने वडा सदस्य शान्ता नेपाली बताउनु हुन्छ ।
बागलुङ बजारदेखि नजिकै रहेको र पर्यटकिय गन्तव्यको सम्भावना रहेकोले बागलुङ नगरपालिकाले पनि भिरलाखुरी भ्यू प्वाइन्टमा दृष्टि पु्याएको नगर उप प्रमुख राजु खड्का बताउनु हुन्छ । पछिल्लो समय मर्निङ वाक जाने, सूर्योदय हेर्ने र वर्म वक, एक्ससाइज गर्नेहरुको रोजाईको केन्द्र बन्दै गएपछी बानपाले गतबर्षदेखि सहयोग गर्न थालेको खड्काको भनाई रहेको छ ।