सृजना साँस्कृतिक परिवारले असोज १ गतेबाट तिजी मेला आयोजना गर्ने

-


     कालिका दर्शन     
     श्रावण ३० गते २०८० मा प्रकाशित


केपि कुमार जलन/ सम्पुर्ण युवा जगतको सम्मान गरौ, नेपाली कला संस्कृती र खेलकुदको बिकास गरौ, भन्ने मुल नाराका साथ २०५१ सालमा स्थापना भएको सृजना सास्कृतिक परीवारले हिन्दूहरु को महान पर्ब हरितालिका तिज को अबसरमा बिगतको बर्षहरुमा जस्तै यस बर्ष पनि सिर्जना संस्कृतिक परिवारले तिजि मेला गर्ने भएको छ । काठेखोला गाउपालीका ५ बिहु जुकेपानिको मैदानमा आउदो असोज १ गते देखि ५ गते सम्म बिबिध खेलकुद प्रतियोगिताको साथै सास्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रममा साविक पुरूष भलिबल प्रतियोगिता, तिज गित प्रतियोगिता, सामुहिक नृत्य प्रतियोगिता , र एकल नृत्य प्रतियोगिताहरू संचालन हुने छन । साथमा स्थानिय तथा राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारबाट सांगितक प्रस्तुति हुने क्लबले जनाएको छ ।