सामाजिक अभियान्त सरू सुनारले कसिन अमेरीकन नागरीक संग लगान गाठो

-


     कालिका दर्शन     
     श्रावण ३० गते २०८० मा प्रकाशित


केपि कुमार जलन/ बिबाह जीवन भरिको सुख दुःख साझा गर्ने जीवन साथीसँग सम्बन्ध शुरू गर्ने विशिष्ट विधि हो । नयाँ दाम्पत्य जीवनको शुभारम्भ हो १८ बर्ष सम्म एकलो जीवन बिताउदै दुखि गरिब अन्याय र अत्याचारका बिरूद्व कहिले पुर्ब कहिले पक्षिम कहिले उत्तर कहिले दक्षिण पुग्दै समाजका बुलन्द आबजलाई खबरदारी गर्दे सामाजिक संजालमा स्याबासी पाएकि सामाजिक अभियान्त सरू सुनारले बैबाहिक जिबनको शुरूवात गरेकि छिन , उनको माया प्रेम अमेरीकन युवा संग बस्यो ,उनले नया जिबनको शुरूवात गरेकी छिन ,उनले सामाजिक संजालमा बैबाहिक जिबनमा बाधिएको तस्बिर सार्वजानिक गर्दे आफनो निजि जिबनका उतारचढाबलाई यसरी ब्याक्त गरेकी छिन
जिन्दगीको १८ बर्ष सिङगल जिन्दगी बिताउदा थुप्रै पिडा , सघर्स र दुख झेलेकि छु , सधैं मैले मेरो ब्यक्तिगत जिबन र खुसि भन्दा मैले मेरो छोरीको खुसि र उज्बल भबिस्य सोचे , मेरो आफ्नो पिडा भन्दा थुप्रै पीडितको पिडामा मलम लगाउन कोसिस गरे , आफ्नो घर बनाउन कहिले सोचिन तर बास नहुनेको लागि घर बनाइदिए , मेरो पढने सपना मारेर अरुलाइ पढाउन कहिले स्कुल बनाइदिए कहिले कलेज भर्ना हुन पैसा नभएकालाइ पैसा जुटाएर कलेज भर्ना गरे , सधैं अरुको न्याय , अरुको अधिकार , अरुको आसु पुछन लागे ।
यो समाजले कहिले सोधेन म कसरि बाचेको छु , म कसरि बाचेकि छु , मेरो पनि समस्या होला , मेरो पनि पिडा होला , मलाई पनि अभाव होलारु कसैले नसोध्ने रहेछ , मैले यो १८ बर्षको जिबनमा थुप्रै अभाब झेले , पिडा भोगे , कैयौ रात आसुले सिरानि भिजाए , कैयौ दिन भोको पेट अरुको मजदुरि गरे , आफ्नो पिडा भन्दा यो समाजमा थुप्रै पीडितको समस्या देखि म अनबरत रूपमा यो समाजको जातीय बिभेद विरुद्ध आवज उठाए सकेको सहयोग गरे ।
कैयौंपटक नचाहिदा आरोपको सामाना गरेकि छु , एकल महिला भएर बाच्नु पर्दाको पिडा महिलेजति कसैले भोगेको छैन । लामो समय औसधिको सहारामा बाचे , कैयौंपटक अस्पतालमा भर्ना हुदा एक्लै छट्पटीएको क्षण छन् ।
बिवाहा नितान्त मानिसको आफ्नो रोजाइ , नितान्तै ब्यक्तिगत र ब्यक्तिगत जिबनको विषय हो , कसैले अनावश्यक टिप्पणी गर्न पर्छ जस्तो लाग्दैन । सामाजिक सेवा,मानव अधिकारका सवाल या कुनै अभियानमा लाग्नेहरुको पनि आफ्नो ब्यक्तिगत जिबन , परिवार , ब्यक्तिगत जिबन , खुसि हुन्छ भन्ने सोच्नेको भिड निकै थोरै हुदोरहेछ , बरु विभिन्न आरोप लगाउने , दुख दिनेहरुको भिड भने पन्छाउनै नसकिने रहेछ १
जिबनसाथि , परिवार सबैको हुन्छ मैले पनि यहि सुरु गरेकि हु।
एकपटकको वैवाहिक सम्बन्ध टुक्रियो भन्दैमा सबै बाकि जिन्दगी टुक्रिएको हुन्न, खुसि हुने अधिकार सबैलाई छ ।
म जात , धर्ममा बढि बिश्वास नगर्ने भएको हुँदा मेरो लामो समयको एकल यात्रा सगै समाज परिबर्तनको यात्रामा लागेको हुँदा मैले ब्यक्तिगत जिबन र रोजाइ सायद यो रोजाइ जुरेर होला फरक सँस्कृति , फरक देशको जिबनसाथि रोजाई भयो ।
यसरी सरू सुनारले आफ्नो निजि जिबनमा विवाह भनेको अपरिहार्यता भयको महसुस गर्दे आफु बैबाहिक जिबनको बाटो तय गरेकि बताईन ,