विश्व आइटिएफ तेक्वान्दोमा बागलुङकी सुस्मिता छनौट, उप–प्रधान मन्त्रिद्धारा खेलाडीलाई बिदाई

-


     कालिका दर्शन     
     श्रावण ३२ गते २०८० मा प्रकाशित


काजकिस्तानमा अगष्ट १८ देखि २७ तारिखसम्म संचालन हुने २२ औं बिश्व आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा नेपालबाट ४ जना खेलाडीहरुले प्रतिस्पर्धा गर्ने भएका छन । प्रतियोगितामा बागलुङ जिल्ला, बडिगाढ गाउपालिकाकी सुश्मिता थापाले पनि प्रतिस्पर्धा गर्ने छिन । थापाले ५२ केजी तौल समूहमा नेपालको तर्फदेखि प्रतिस्पर्धा गर्ने छिन ।


यसै गरी सो प्रतिस्पर्धामा महिला तर्फ ४७ केजी तर्फ रुविका खड्काले र पुरुष तर्फ ६४ केजीमा पुकार के.सी र ६८ के.जी तर्फ अजय बुढामगरले प्रतिस्पर्धा गर्ने नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघले जनाएको छ । सो च्याम्पियनसिपमा नेपाल आइटिएफका निबर्तमान अध्यक्ष समेत रहेका दक्षिण एसियाली आइटिएफ तेक्वान्दो महासंघका उपाध्यक्ष एवं राष्ट्यि खेलकुद परिषदका वोर्ड सदस्य अन्जन धमलाले नेपाली टोलीको नेतृत्व गर्नु भएको छ ।


नेपाली टोलीलाई उप प्रधान एवं गृह मन्त्रि नारायणकाजी श्रेष्ठले बिदाई गर्दै सफलताको शुभ कामना व्यक्त गर्नु भयो । नेपाली सहभागी दलका नेता धमलाले विश्व आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा निर्णाक समेत रहनु हुने छ । टोलीमा रुपसिं मोक्तान प्रशिक्षक, घम बहादुर थापा र विक्रम बाठा मगर अफिसियलका रुपमा सहभागी हुने नेपाल आइटिएफका अध्यक्ष प्रविण कुमार कार्किले जानकारी दिनु भयो ।