
केपि कुमार जलन, बागलुङ/ राष्ट्रिय लोकतथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति बागलुङको २०औ साधारण सभा तथा सम्मान कार्यक्रम शनिबार बागलुङमा सम्पन्न भएको छ ,नेपाल पत्रकार महासंघ बागलुङ शाखाको भबनमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका केन्द्रिय प्रसासनिक सचिव जिबन दाहाल ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधरण सभामा बर्ष भरि संस्थामा रहेर उत्कृष्ट कार्य गर्ने प्रतिष्ठान बागलुङकि सदस्य सुनिता परियार लाई सम्मान गरिएको छ l कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय सदस्य कुमार पुन ज्यु, संस्थाको संरक्षक लक्ष्मण् श्री, लोकदोहोरी गीत प्रतिष्ठान पर्वतको अध्यक्ष पुजा कार्की ,आरसी पौडेल, लोक भजन चुड्का संघ बागलुङका अध्यक्ष , उधोग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष , कालिका भगवती गुठीको सदस्य आदरणीय दिदी बिध्या खड्का, पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य तारा शर्मा स्टार ,पूर्व अध्यक्ष रेनु केसी हमाल , किरण थापाको उपस्थित रहेको थियो l
कार्यक्रममा प्रतिष्ठान बागलुङका सचिव सुमन खड्काले सांगठनिक तथा कोषाध्यक्ष कल्पना चालिसेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोकार्यक्रम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्य समिति बागलुङका अध्यक्ष सरस्वती खड्का परियारको अध्यक्षता, प्रथम उपाध्यक्ष शिव शर्माको स्वागत र सचिव सुमन खड्काको संचालनमा सम्पन्न भएको थियो ।