गण्डकीमा माओबादी केन्द्रका जिल्ला इन्चार्जहरु फेरिए, बागलुङमा पौडेल

-


     कालिका दर्शन     
     भाद्र ४ गते २०८० मा प्रकाशित


नेकपा माओबादी केन्द्र, गण्डकी प्रदेशले जिल्ला इन्चार्जहरुको नयां जिम्मेवारी तोकेको छ । प्रदेश इन्चार्ज देवेन्द्र पौडेलको उपस्थितिमा बसेको बैठकले प्रदेश भित्रका जिल्ला इन्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको हो ।
बैठकले बागलुङ जिल्ला इन्चार्जको जिम्मेवारी गोविन्द पौडेललाई दिएको छ । यस अघि बागलुङ इन्चार्ज रहेकी बलावती शर्मालाई पर्वतको जिल्ला इन्चार्ज तोकेको छ । यसै गरी कास्कीमा नेत्र अधिकारी, स्याङ्जामा राजकाजी गुरुङ, नवलपुरमा अमर तमु, तनहुंमा शैलेश घिमिरे, गोरखामा दीपक कोइराला, लमजुङमा आशा कोइरालालाई इन्चार्जको जिम्मेवारी दिइएको छ । साथै मुस्ताङमा कपिल लामा, म्याग्दीमा गुप्तबहादुर ठकुरी, र मनाङमा बुद्धिराम गुरुङले जिल्ला इन्चार्जको जिम्मेवारी पाउनु भएको छ ।
नेकपा माओबादी केन्द्रले जनतासंग माओबादी विशेष रुपान्तरण अभियानको तिन महिने कार्यक्रम संचालनका लागि नेताहरुलाई जिम्मेवारी हेरफेर गरेर वडा वडामा पठाएको छ । सो अभियान लिएर केन्द्रिय अध्यक्ष प्रचण्ड पनि वडामा जानेगरी जिम्मेवारी तोकिएको छ ।