
केपि कुमार जलन/ बिगतको बर्षमा जस्तै यस बर्षको तिजको अबसरमा गुठी युबा क्लबले तिजि मेला गर्ने भएको छ ,भदौ ३१गते देखि असोज १ गते सम्म हुन लागेको तिजमेला गुठि युबा कल्बको आयोजना र ३ नम्बर वडा कार्यालयको सह आयोजनमा हुने भएको छ तिज मेला बागलुङ बजारको चिप्लेटि बसपार्कमा हुने भएको छ ,
तीजको संस्कृति एवं स्थानीय कला संस्कृति संरक्षण गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको कल्बले जनायको छ । मेलाको अवसरमा अन्तर बिधालय स्तरीय तिज नृत्य प्रतियोगिता, स्लो बाईक रेस प्रतियोगिता , दर खाने कार्यक्रम र घैटो फोर प्रतियोगिता संगै स्थानिय तथा राष्ट्रिय स्तरका कलाकारहरू बाट सांगितिक प्रस्तुती हुने जनाईएको छ ,