लोकदोहोरी गित प्रतिष्ठान बागलुङको तिजि मेला भदौ २९ गते बाट

-


     कालिका दर्शन     
     भाद्र १२ गते २०८० मा प्रकाशित


केपि कुमार जलन/ बागलुङ बजारमा हरितालिका तिजको अवसरमा ऐतिहासिक तीज मेला–२०८०हुने भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला कार्य समिति बागलुङको आयोजनामा भदौ २९ देखि ३० सम्म मेला हुने प्रतिष्ठानले जनाएको छ ,

तीजको संस्कृति एवं स्थानीय कला संस्कृति संरक्षण गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको अध्यक्ष सरस्वति खड्का परियारले जानकारी दिनु भयो । मेलाको अवसरमा अन्तर बिधालय स्तरीय तिज नृत्य प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता, दर खाने कार्यक्रम संगै स्थानिय तथा राष्ट्रिय स्तरका कलाकारहरू बाट सांगितिक प्रस्तुती हुने जनाईएको छ ,
२०५९ सालमा स्थापित लोक दोहोरी गित प्रतिष्ठान बागलुङले आयोजना गर्न लागेको मेलामा थुप्रै दर्शकहरूले भरपुर मनोरञ्ज लिने छन ।