माओबादी केन्द्र,बानपा –३ समितिको बैठक सम्पन्न

-


     कालिका दर्शन     
     भाद्र १३ गते २०८० मा प्रकाशित



नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र बागलुङ नगर समिति ३ नम्वर वडा समितिको बैठक बुधबार सम्पन्न भएको छ । यही भाद्र १५ देखि मंसिर १६ गतेसम्म संचालन हुने जनतासंग माओबादी विशेष रुपान्तरण अभियानलाई सफल बनाउनका लागि योजना बनाउने उद्धेश्यले सो बैठक संचालन गरिएको बताइएको छ । बैठकमा बानपा वडा नं.३ मा माओबादी पार्टीलाई शसक्त बनाउन जनताको घर दैलोमा पुग्ने, पार्टी सदस्यता नविकरण र नयां सदस्या बितरण, जबज मोर्चाहरुको बैठक र समिति गठन लगाएतका कार्यक्रमहरु संचालन गरिने प्रदेश समितिका सदस्य एवं बानपा वडा नं ३ .का इन्चार्ज कुलचन्द्र शर्माले बताउनु भयो ।
सो अवसरमा उहांले पार्टीलाई जनपक्षिय बनाउदै सरकारले गरेका राम्रा कामहरुको बारेमा जनतालाई बताउदै पार्टी र सरकार संचालनका लागि जनताको सुझाव र धारणा पनि बुझ्ने बताउनु भयो । सो बैठकमा पार्टीको विभिन्न निकाएबाट प्राप्त सर्कुलर र पत्रहरुको बारेमा जानकारी गराइएको थियो । वडा समितिका अध्यक्ष राजन सापकोटाको अध्यक्षतामा सम्पन्न बैठकको संचालन जिल्ला समन्वय समितिका सदस्य चेतनारायण पौडेल शंकल्पले गर्नु भएको थियो ।