शान्ति प्रकृयाको मोडबाट माओबादी नयां कोर्षमा अगाडी बढ्दै छ- हितमान शाक्य

-


     कालिका दर्शन     
     भाद्र १७ गते २०८० मा प्रकाशित



नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका सचिव हितमान शाक्यले शान्ति प्रकृयाको मोडबाट अव माओबादी केन्द्र नयां कोर्ष तर्फ अगाडी बढ्दै गरेको बताउनु भएको छ । जनयुद्ध पछीको प्रकृयामा आएपछी केही समस्या देखियो । जनताको विश्वासले सरकारमा पुगे पनि धेरै प्रकारका षडयन्त्र, भ्रम, अविश्वासले अन्यौल देखियो । सरकार छाड्नु पर्ने अवस्था आयो। नयां प्रयोग गर्न सकिएन । काग्रेस, एमाले आदी जस्तै पार्टीको शैलीमा काम अगाडी बढ्दा माओबादीको पहिचान हराउदै गएको हो की भन्ने आवाज सर्वत्र सुनिन थाल्यो । पार्टी भित्र पनि आलोचना र अविश्वासको कुरा बढी हुन थाल्यो, यो अवस्थामा पार्टीले केन्दीय समितिमा गम्भिर समिक्षा र छलफल गरेर जनतासंग माओबादी विशेष रुपान्तरण अभियान संचालन गर्न लागेको सचिव शाक्यले बताउनु भयो ।,
हाल लुम्विनी प्रदेश इन्चार्जको जिम्मेवारीमा रहनु भएका शाक्यले आइतबार सांझ पार्टी कार्यालय, बागलुङमा भेला भएका नेता तथा कार्यकर्ताहरुसंग अन्तरक्रिया गर्दै पार्टीले भरखरै शुरु गरेको ३ महिने देश ब्यापी अभियान र सरकारले गरेका राम्रा कामले केही शक्ति केन्द्रहरुमा भागदौड मच्चिएको बताउनु भयो । अभियानको प्रारम्भमै पार्टीमा नयां गति आयो । खिया लागेको पार्टी समितिहरु चलायमान भएका छन । पार्टी भित्र बल्ल स्वच्छ बहस र सकारात्मक छलफल शुरु भएको छ । सचिव शाक्यले भन्नु भयो- संगठन र नेतृत्वको विधी निर्माण, आगामी विधान सम्मेलन र त्यस पछी हुने महाधिवेशनले माओबादी पार्टीको कर्यानीति र कार्य शैली ठिक ठाउंमा आउने दावी गर्नु भयो ।
अब पार्टीका नेता तथा कार्यकर्ताहरुको सहि मूल्याङ्कन हुने बताउदै शाक्यले केन्द्रीय अध्यक्ष देखि पार्टीका शुभेच्छुक सम्मको साझा र समान सक्रियताले वडा तहमा संगठन मजबुद बनाउनु पर्ने अभियानको मुख्य लक्ष्य भएको बताउनु भयो । अव देशभरका वडामा पालिका, जिल्ला, प्रदेश तथा केन्द्रका सवै नेताले समान रुपमा खट्नु पर्ने गरी जिम्मेवारी दिइएको बताउनु भयो । यो खटाईले बिगतको आलोचना र अविश्वासमा लागेको उर्जा पार्टी रुपान्तरण र संगठन सुदृढिकरणमा केन्द्रीत हुने बताउनु भयो ।
अभियानमा नेताहरुको परिवर्तित जिम्मेवारीले वडा तहदेखिको सहि रिपोर्ट पार्टीले लिने र स्थानीय समस्याको पहिचान र समाधान हुने विश्वास लिदै शाक्यले नयां जिम्मेवारीसंगै नयां उत्साह र नयां जागरण पैदा हुदा सरकारको काम थप शसक्त हुने पनि बताउनु भयो । उहांले सरकारले गरेका काम जस्तो सुकै घेराबन्दी भए पनि निरन्तर अघि बढ्ने र अविचलित भएर पार्टीको मौलिकता जोगाउदै जनताको भर दैलोमा पुगेर जनताको कुरा सुन्न तथा अभियानको सन्देश जनतामा पुय्याउन आग्रह गर्नु भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं बागलुङ जिल्ला इन्चार्ज गोविन्द पौडेल, बागलुङ इन्चार्ज बलावती शर्मा, प्रदेश समिति उपाध्यक्ष ज्ञामनाथ गैरे लगाएत जिल्ला, नगर तथा वडा समितिका नेताहरु सहभागी रहनु भएको थियो ।