नेपाल आइटिएफको सातौं महाधिवेशन सम्पन्न, अध्यक्षमा प्रविणकुमार कार्कि

-


     कालिका दर्शन     
     भाद्र १९ गते २०८० मा प्रकाशित


नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघको सातौ महाधिवेशन पोखरामा सम्पन्न भएको छ । महाधिवेशनको उद्घाटन गर्दै राष्ट्यि खेलकुद परिषदका उपाध्यक्ष शिव कोइराला ज्वालाले नेपालमा आइटिएफ तेक्वान्दोको विकासमा अग्रजहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको र अवको पुस्ताले यो खेललाई थप उचाईमा पु–याउने विश्वास व्यक्त गर्नु भयो । उहांले लामो समयदेखि खेलकुदमा सहायक प्रशिक्षकको रुपमा रहेका कर्मचारीहरुको बढुवा रोकिएकोमा हालै मात्र बढुवा गरिएको बताउदै नेपालमा खेलकुदको उपयुक्त वातावरण निर्माणमा सवै लाग्नु पर्नेमा जोड दिनु भयो ।
परिषदका निमित्त सदस्य सचिव एवं नेपाल आइटिएफका निबर्तमान अध्यक्ष अन्जन धमलाले नेपाल आइटिएफले स्थापना देखि विभिन्न किसिमको संघर्ष र कडा मेहनत गर्नु परेको बताउदै पछिल्लो ७ बर्षमा नेपाली समाज र खेलकुद क्षेत्रमा आइटिएफ तेक्वान्दो स्थापित खेलकुदको रुपमा उभिएको बताउनु भयो । देशका प्राय सबै जिल्लामा उपस्थिति जनाउन लागेको आइटिएफ राष्टपति रनिङ शिल्ड प्रतियोगितामा समावेश भएपछी केही भ्रमहरु हटेको बताउनु भयो । उहांले आइटिएफ तेक्वान्दोको गुणस्तर बृद्धिका लागि नियमित रुपमा अन्तराष्ट्यि स्तरका विदेशी प्रशिक्षकहरु बोलाएर खेलाडीहरुलाई प्रशिक्षण दिइएको र नियमित प्रशिक्षण, प्रतियोगिता आयोजनासंगै बैदेशिक मञ्चहरुमा पनि नेपालको उपस्थिति नियमित गरिएको बताउनु भयो ।
नेपाल आइटिएफका महासचिव अन्जु रावतको संचालन, उपाध्यक्ष राजु खड्काको स्वागत र अध्यक्ष प्रविणकुमार कार्किको अध्यक्षतामा उद्घाटन समारोह सम्पन्न भएको थियो ।
उद्घाटन सत्रपछी भएको निर्वाचनबाट अध्यक्षमा प्रविण कुमार कार्कि निर्वाचित हुनु भएको छ । यसै गरी वरिष्ठ उपाध्यक्ष बासुदेव भट्ट, उपाध्यक्ष उमेश राजथला, निरबहादुर सारु, रमेश चौधरी, महासचिव घम थापा, सचिव अञ्जना शिवाकोटी, कोषाध्यक्ष विक्रम बन्थ मगर निर्वाचित हुनु भएको छ । यसै गरी सदस्यहरुमा फातेमा बीबी , निर्मला गुरुङ , तुलसी थापा मगर, डिला माया गुरुङ , पुजा कुलाल मगर, आकाशचन्द्र घर्ती मगर, राजेन्द्र धिमाल ,सुरज ल्वागून, वीर कुँवर, नविन तामाङ , अमृत श्रेष्ठ, सुदीप आचार्य, प्रेम कामु मगर , दिपक बि।के, जितन थापा, विजय पुन मगर, राजन रसाइली निर्वाचित हुनु भएको छ ।