३१ औं रण स्मृति पुरस्कार रुद्रेपिपल र बालमन्दिरका विद्यार्थिलाई, साहित्यकार अधिकारीलाई शक्ति पुरस्कार

-


     कालिका दर्शन     
     भाद्र २० गते २०८० मा प्रकाशित


२०५० सालमा स्थापना भएको रण स्मृति पुरस्कार संस्थाले ३१ औं रण स्मृति पुरस्कार बुधबार बाल मन्दिरमा बितरण गरेको छ । सो अवसरमा बाल मन्दिर आधारभूत विद्यालयमा कक्षा ८ मा सर्बोकृष्ठ अंक प्राप्त गर्ने छात्रा सितल विश्वकर्मा र छात्र रण बहादुर थापालाई जनही २ हजार सहित सम्मान गरिएको थियो ।


यसै गरी रुद्रेपिपल माध्यामिक विद्यालयबाट एस.इ परिक्षामा सहभागी भई उच्च अंक प्राप्त गर्ने छात्रा सिम्रण जि.सी र छात्र तर्फ सुवास शर्मालाई जनही ३ हजार सहित सम्मान पत्र प्रदान गरिएको छ । यसै गरी गितल प्रतिष्ठान नेपाल तथा नाट्य मंचका अध्यक्ष साहित्यकार आकास अधिकारीलाई छैठौं शक्ति पुरस्कार तथा सम्मान पत्र सहित नगद ८ हजार नगर प्रमुख बसन्तकुमार श्रेष्ठले बितरण गर्नु भयो ।


संस्थाको अधिवेशन तथा पुरस्कार बितरण समारोहको उद्घाटन गर्दै नगर प्रमुख बसन्त कुमार श्रेष्ठले स्थानिय कला संस्कृति तथा साहित्यको संरक्षणका लागि स्थानीय संघ सस्थाहरुको महत्वपूर्ण भूमिका रहि आएको उल्लेख गर्दै बागलुङ नगरपालिकाले पनि यस बिषयमा सरोकारवालाहरुसंग समन्वय गरी थप रचनात्मक कार्यहरु संचालन गर्ने बताउनु भयो ।


सो कार्यक्रममा पुरस्कृत बिद्यार्थि सिम्रन जि.सी तथा सम्मानित साहित्यकार आकास अधिकारीले आ–आफ्ना भनाई राख्नु भएको थियो । सस्थाका सचिव भोज बहादुर खड्काको संचालन, सदस्य कृपा पौडेलको स्वागत र का.बा अध्यक्ष एवं नगर उप प्रमुख राजु खड्काको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।