हात्तिपाइले रोग निवारणमा नारायणस्थान उत्कृष्ठ

-


     कालिका दर्शन     
     भाद्र २१ गते २०८० मा प्रकाशित


बागलुङ नगरपालिका १४ स्थित नारायणस्थान स्वास्थ्य चौकी हात्तिपाइले रोग निवारण अभियानमा उत्कृष्ठ ठहरिएको छ । मंगलबार बानपा कार्यालयमा आयोजित स्वास्थ्य कार्यक्रमहरुको समिक्षा कार्यक्रममा नारायस्थान स्वास्थ्य चौकीलाई नगर-उप प्रमुख राजु खड्काले सम्मान पत्र सहित नगद १० हजार पुरस्कार प्रदान गर्नु भयो ।

बागलुङ नगर क्षेत्रमा हात्तिपाइले रोग निवारणमा स्वास्थ्य चौकी तथा स्वास्थ्य कर्मिहरुलाई काम गर्न प्रेरणा र सक्रियता बढाउन तथा काम गर्नेहरुको मूल्याङ्कन होस भनेर आफुले केही महिना अगाडी स्वास्थ्य कर्मिहरुको अगाडी पुरस्कारको घोषणा गरेको उप -प्रमुख खड्काले बताउनु भयो ।


हात्तिपाइले रोग निवारणका लागि औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन बागलुङ नगरपालिकाले विभिन्न प्रयासहरु गर्दै आएको छ । खासगरी बानपा १४ स्थित नारायणस्थानमा सवैलाई औषधि सेवन गर्न विभिन्न प्रयासहरु गरिएका थिए । यो वडामा जोखिम देखिन सक्ने भन्दै गरिएका प्रयासहरु पछिल्लो समय सफल भएको थियो ।

बानपाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनालका अनुसार बागलुङमा हात्तिपाइले रोग निवारणका लागि तयार गरिएको मापदण्ड पुरा गर्नका लागि सो चौकिले प्रभावकारी काम गरेको थियो । समुदायमा सवैलाई औषधि खुवाउन, समुदायमा व्यापक प्रचार प्रसार गर्न र समुदायको घर घरमा पुगेर हात्तिपाइले रोग निवारणका लागि अभियानबारे अनुकरणीय काम गरेको पाइएकोले पुरस्कारका लागि शाखाबाट सिफारिस गरिएको स्वास्थ्य शाखाका अधिकृत छैठौ लक्ष्मण ढकालले बताउनु भयो ।
साथै आ व ०७९र८० मा उत्कृष्ठ कार्यसम्पादन गरि प्रथम स्थान हासिल गर्ने नारायणस्थान स्वास्थ्य चौकि, दित्तिय स्थान हासिल गर्ने मालिका स्वास्थ्य चौकी र तिर्तिय स्थान हासिल गर्ने अमलाचौर स्वास्थ्य चौकीलाइ सम्मानपत्र सहित सम्मान समेत गरिएको थियो ।