स्व. चोखालको स्मृतिमा माओबादी केन्द्र,बागलुङद्धारा श्रद्धाञ्जली सभा

-


     कालिका दर्शन     
     भाद्र २२ गते २०८० मा प्रकाशित


नेकपा माओबादी केन्द्रका संगठित सदस्य एवं समाजसेवी रत्न बहादुर चोखालको ९औं पुन्यतिथिका सन्दर्भमा माओबादी केन्द्रका नेताहरुले शुक्रबार चोखाल निवास गल्कोट नगरपालिकाको मल्ममा पुगेर श्रद्धान्जली सभा सम्पन्न गरेका छन । सो कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु हरी अधिकारी, बलावती शर्मा, गोविन्द पौडेल, धन प्रसाद सापकोटा, फमलाल निउरे प्रदेश सांसाद कुसुम बुढा, ताराखोला गाउंपालिका अध्यक्ष हिमाल बि.क, बागलुङ नगरपालिकाका उप प्रमुख राजु खड्का लगायत जिल्ला, पालिका तथा वडा समिति तथा जबज र मोर्चामा आबद्ध रही विभिन्न जिम्मेवारीमा रहेका नेताहरु, जन प्रतिनिधीहरु, शुभेच्छुक आदीको सहभागिता रहेको थियो ।

स्व.रत्न बहादुर चोखाल
सहभागीहरुले स्व.चोखालको स्मृतिमा १ मिनेट मौन धारण गर्दै चोखालको तस्वीरमा पुष्पगुञ्चा अर्पण गरेका थिए । केन्द्रिय सदस्य बलावती शर्माले सहभागीहरुको तर्फबाट शोक मन्तव्य दिनु हुदै स्व.रत्न बहादुर चोखाल र उहांको परिवारले पार्टीलाई विभिन्न समयमा महत्वपूर्ण सहयोग गरेको स्मरण गर्दै चोखाल परिवार प्रति माओबादी पार्टी सदा ऋणी रहेको बताउनु भयो । स्व.रत्न बहादुर चोखालको बैकुण्ठवासको कामना सहित शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दै माओबादी केन्द्र सदा चोखाल परिवारको साथमा रहेको शर्माले बताउनु भयो ।
स्व.चोखालका २ श्रीमति पूर्णकली र खिमा चोखाल तथा ६ भाई छोरा मध्ये हाल अर्जुन चोखाल, डीलेन्द्र चोखाल, ध्रुव चोखाल र किसान चोखाल रहनु भएको छ । स्व. चोखालका २ छोराहरु ओमको २०७५ सालमा र मुकुन्दको ४९ सालमा निधन भएको छ । अर्जुन चोखाल पार्टीको जिल्ला समन्वय समिति सदस्य रहनु भएको छ । होटल व्यवसायी महासंघ गण्डकी प्रदेश समितिको अध्यक्ष सहित विभिन्न सामाजिक संघ सस्थाहरुमा आवद्ध रहनु भएको छ । डीलेन्द्र पार्टीको वडा समितिको कोषाध्यक्ष, ध्रुव वाईसिएलका पूर्व जिल्ला सचिव तथा संगठिल सदस्य र किसान होटल व्यवसाय क्षेत्रमा रहनु भएको छ ।
लिला, खिमा र गंगा ३ छोरी मध्ये गंगा गलकोट नगरपालिकाकी जन प्रतिनिधी र पार्टीको नगर समिति सचिवालय सदस्य हुनुहुन्छ ।