रमेश बहादुर खड्का बागलुङ उच्च अदालत बारको अध्यक्षमा निर्विरोध

-


     कालिका दर्शन     
     भाद्र २३ गते २०८० मा प्रकाशित



बागलुङ उच्च अदालत बार एशोसिएशनको ४५ औं साधारण सभा तथा ३२ औं अधिवेशनले रमेश बहादुर खड्कालाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको छ । शनिबार भएको अधिवेसनले खड्काको अध्यक्षतामा सर्वसम्मत रुपमा १३ सदस्यीय समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा हरिकृष्ण सुवेदी, सचिवमा उमा शंकर सापकोटा, सहसचिव लक्ष्मी जिसी कार्की, कोषाध्यक्ष लक्ष्मी बाँस्कोटा, सदस्यहरुमा डा डिल्ल्ली राज गौतम, हरि प्रसाद गौतम, ज्ञानेन्द्र राज पन्त, गोविन्द प्रसाद वझा, विष्णुप्रसाद शर्मा, तेजेन्द्र बहादुर थापा, युक्तजंग राजभण्डारी, संजिव कुमार श्रेष्ठ, पदेन सदस्य निवर्तमान अध्यक्ष अखिल नाथ शर्मा रहनु भएको छ । त्यसै गरी केन्द्रीय पार्षदमा निरजंन लाल राजभण्डारी, रामराजा कँडेल, बलराम शर्मा र सरिता केसी चयन हुनु भएको छ ।