म्याग्दी लोक दोहोरी गित प्रतिष्ठानको १९ औ बार्षिक साधरण सभा सम्पन्न

-


     कालिका दर्शन     
     भाद्र २४ गते २०८० मा प्रकाशित


केपि कुमार जलन/ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिती म्याग्दी को १९ औं बार्षिक साधारणसभा शनिबार बेनिमा सम्पन्न भएको छ ,
उधोग बाणिज्य संघ म्याग्दीका अध्यक्ष बेल बहादुर कटुवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पछिल्लो समय लोक संगीतको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै गायक रबि कार्कि , नकुल ढकाल ,अग्रज गायिका राधा पुन लाई सम्मान गरिएको थियो,त्यस्तै प्रतिष्ठानका कोषाध्यक्ष शंकर पौडेल सर्वोकृष्ट जनसेवी अवार्डबाट पुरस्कृत हुनुभएको छ भने सदस्य खिमा पुर्जाले उत्कृष्ट सदस्य अवार्ड प्राप्त गर्नुभएको छ । कलाकार मेनुका पुनलाई उत्कृष्ट नव प्रतिभा अवार्ड प्रदान गरिएको छ ।
उक्त कार्यक्रममा
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका सचिब शंकर बिरहि गुरूङ , प्रतिष्ठान गण्डकी प्रदेशका पूर्व द्वितिय उपाध्यक्ष आरसी पौडेल, वर्तमान कार्य समितिका सदस्य अमित विश्वकर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश पौडेल, प्रतिष्ठान म्याग्दीका निवर्तमान अध्यक्ष देवेन्द्र घिमिरे, सल्लाहकार धन कुमारी थापा, जीवन कुमार विश्वकर्मा, प्रकाश कुमार श्रेष्ठ
लगायत विभिन्न महानुभाबहरूको सहभागिता रहेको थियो,

प्रतिष्ठानका सचिब बिजुन केसीले वार्षिक प्रगति प्रतिबेदन र सह कोषाध्यक्ष नारायण पोैडेलले आर्थिक विवरण प्रस्तुत गर्नुभयको थियो ,