मूलपानी माध्यामिक बिद्यालयले ६६ औं बार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम सहित सोमबार भव्य रुपमा सम्पन्न गरेको छ । बिद्यालयको प्राङ्गणमा आयोजित समारोहको उद्घाटन गर्दै बागलुङ नगर पालिकाका नगर उप–प्रमुख राजु खड्काले ६६ बर्ष पुरानो विद्यालयले नयां विद्यालयहरुलाई सुधारको सन्देश दिने गरी काम गर्नु पर्ने बताउदै १२२ रोपनी जग्गा रहेको यस विद्यालयले सो जग्गालाई उत्पादन र प्राक्टिकलमा अधिकतम उपयोग गर्न सकिने गरी योजना बनाउनु पर्ने बताउदै मूलपानी विद्यालयको हालको गतिविधी सन्तोषजनक देखिएको र भविष्य राम्रो रहेको बताउनु भयो ।
बागलुङ नगरपालिका भित्रका विद्यालयहरुले बाल मैत्री सूचकहरु सिघ्र पुरा गरी बालमैत्री विद्यालय घोषणा गर्दै जानु पर्नेमा जोड दिनु भयो । बाल मैत्री बिद्यालयको एजेण्डा बनाएर बृहत बैठक बसी बिद्यालयले पुरा गर्न बाकी प्रत्येक सूचकहरुमा व्यवस्थापन समितिका सदस्य, शिक्षक तथा अभिभावक जनप्रतिनिधी, राजनैतिक दलका प्रतिनिधी, शिक्षा सेवीहरुलाई राखेर काम गर्न सकिने बताउनु भयो ।
बिद्यालयहरुमा प्रयोग बिहिन भएर राखिएका कम्प्युटरहरु मर्मत गरी अभिभावक तथा युवाहरुलाई बिहान बेलुका तालिम दिन सकिने बताउदै उप–प्रमुख खड्काले अभिभावकहरुलाई बिहान बेलुका अंग्रेजी भाषा लगायतका अतिरिक्त क्रियाकलापमा सहभागी गराउन सके विद्यालयप्रति अभिभावकको आकर्षण बृद्धि हुने विश्वास ब्यक्त गर्नु भयो । बसाई सराई तथा बिदेश पलायन र सन्तान उत्पादन नै कम रहेका कारण समुदायमा बालबालिका कम रहेकाले अब धेरै विद्यार्थि भन्दा पनि गुणस्तरिय पढाईमा बिशेष जोड दिनु पर्ने बताउनु भयो ।
उत्पादन, रोजगारी र सर्वसुलभ शिक्षालाई दलहरुले साझा एजेण्डा बनाउनु पर्नेमा जोड दिदै सिकाउन भन्दा पनि सिक्न उत्सुक हुन, चर्काे र धेरै बोल्न भन्दा थोरै भए पनि काम नै गर्न तर्फ अग्रसर हुनु आजको आवश्यकता रहेको खड्काले बताउनु भयो । अव शिक्षा क्षेत्रमा भाषण बढीमा ५ मिनेट गर्न पाइने व्यवस्था गर्नु पर्ने पनि उहांले बताउनु भयो ।
कार्यक्रममा नगर शिक्षा अधिकारी धन प्रसाद पोखरेलले शिक्षा क्षेत्रको विकासका लागि विद्यमान परिपाटी हटाउदै समय सुहाउदो पद्धतिमा काम गर्नु पर्ने बताउदै व्यवस्थापन समिति र शिक्षकहरुले अलि मेहनत गर्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुवास कडेंलले विद्यालयको प्रगति प्रतिवेदन र प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा शिक्षासेवीहरु लालबहादुर के.सी, गोविन्दराज गौतम, विश्वनाथ रेग्मी,युक्त प्रसाद सुवेदी, बाबुलाल शाक्य, बद्रिबहादुर के.सी, पिङ्गलराज गौतम, मेघराज पाण्डेय, उमानाथ शर्मा, कृष्ण बहादुर अधिकारी, धनकुमारी रेग्मी, जनकराज पन्त, महेन्द्र शर्मा, गुमानसिंह किसानले शुभ कामना व्यक्त गर्नु भयो ।
सो अवसरमा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु, पूर्व शिक्षक तथा शिक्षासेवी, कर्मचारी तथा उच्च अंक प्राप्त गर्ने विद्यार्थिहरुको योगदानको कदर गर्दै व्यवस्थापन समितिको निर्णय अनुसार सम्मान तथा पुरस्कार बितरण गरिएको थियो । साथै दाताहरुले स्थापना गरेको बिभिन्न कोषहरुबाट विद्यार्थिहरुलाई छात्रबृति समेत बितरण गरिएको थियो । विद्यालयका शिक्षक नेत्र सिलवालको संचालनमा भएको कार्यक्रमको अध्यक्षता बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगराज पाण्डेले गर्नु भएको थियो ।