तिज मनाउन चर्चित गायिका आसा विसी जापान तिर

-


     कालिका दर्शन     
     भाद्र २५ गते २०८० मा प्रकाशित


केपि कुमार जलन/ तिज मान्न लागे जापान तिर भन्दै फेसबुकमा एक छोटो स्टाटस पोष्ट गर्दे चर्चित गायिका आसा बिसी जापान तिर लागेकि छिन , उनी तिज मान्न जन्म घर नभई सांगितिक कार्यक्रमको शिलशिलामा जापन जान लागेकी हुन , उनलाई सामाजिक संजालमा शुभ यात्रा लेखी अग्रज देखि अनुज कलाकारले शुभ यात्राको कामन गरेका छन ,
यहीँ सेप्टेम्बर 13-15 तारिक जापानको टोकियो र ओसाकामा चर्चित गायक खुमन अधिकारी , रिना केसी लगायत अन्य कलाकारहरुको साथमा आसा बिसिको पनि सांगितिक प्रस्तुति रहने छ , गैरे सेवा समाज जापानले आयोजना गरेको तिज धमका २०२३ मा गायिका बिसीले जापान रहदा सांगितिक प्रस्तुति दिने छिन , पछिल्लो समय थुप्रै कलाकाहरू बिदेशमा कार्यरत छन मनाग्य कमाई हुने रे आर्थिक हिसाबले पनि कलाकारको जिबनमा ठुलो परिबर्तन आउने भयकोले पनि कलाकारको मुख्य श्रोतको रूपमा बिदेशमा हुने कार्यक्रमलाई लिने गरिन्छ ,

बर्सेनि कलाकार बिदेशमा जाने गर्छन कतिपय कलाकार लाई बिदेशका कार्यक्रममा भ्याई नभ्याई छ , यसरी बिभिन्न चाड पर्बका अवसरमा बिदेशमा हुने कार्यक्रमले कलाकारलाई फाईदा त छदै छ तयश बाहेक पनि स्वदेशमा रहने नेपालीलाई पनि आफ्नो झल्को मेटाउने गर्दछ । जसको कारणले गर्दा पनि आयोजकले यस्ता मनोरन्जनात्मक कार्यक्रमको आयोजना गर्ने गरेको बताउछन । कलाकारको आम्दानिको बलियो श्रोत भनेको स्टेज कार्यक्रम नै हो त्यसमा पनि अझ बिदेशमा हुने कार्यक्रममा जानको लागि कलाकारहरूले हर प्रयास गरेका हुन्छन, यसो त सांगितिक कार्यक्रमको शिलशिलामा बिदेश पुगेका कयौ कलाकार नेपाल फर्कि सकेका छन भने कति कलाकार बिदेशमा सांगितिक कार्यक्रममा रमाई रहेका छन

चर्चित गायिका देबि घर्ती, जनबादी गायक जीवन शर्मा ,राजु परियार, गायक थानेश्वर गौतम, शिब हमाल, गायक खुमन अधिकारी, श्रिकृष्ण बम मल्ल, खेम सेन्चुरी, राजेश बर्देबा,सुमन थापा मगर,शान्ति श्रि परियार, पुर्णकला बिसी,शिला आले ,पार्वति जिसी, तुलसा क्षेत्री, ईश्वर सिं, लगायतका कलाकारहरू सांगितिक कार्यक्रमका लागि विभिन्न मुलुकहरूमा रहेका छन ।