गायिका सिता परियारको पहिलो बैदेशिक सांगितिक कार्यक्रम जापानमा

-


     कालिका दर्शन     
     भाद्र २७ गते २०८० मा प्रकाशित



केपि कुमार जलन/लोक दोहोरी गायिका सीता परियार सांगितक कार्यक्रमको लागि पहिलो पटक जापन प्रस्थान गरेकी छिन,उनलाई उनका श्रिमान गायक पुर्ण परियारले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल बाट बिदाई गरेका छन ,लामो समय संगितमा निरन्तर लागेकि परियारको यो पहिलो बिदेश कार्यक्रम हो उनको लागि यो सबैभन्दा खुसिको पल हो, पछिल्लो समय लाईभ दोहोरीमा निकै खोजि हुने गरेको गायिका परियारका लाईभ दोहोरी युटुबमा छ्याप छ्याप्ती भेटिन्छ l

गल्कोट समाज जापनले टोकियोमा आयोजना गरेको तिज विशेष कार्यक्रम २०२३ सेप्टेम्बर १८ तारिक टोकियोमा भब्य रूपमा सम्पन्न हुनेछ , गायिका परियार संग‌‌ गायक भागिरथ चलाउने र चर्चित गायिका प्रिति आले पनि संगै जापान लागेका छन उनिहरूले तिज विशेष कार्यक्रममा सांगितिक प्रस्तुती दिने छन पछिल्लो समय थुप्रै कलाकाहरू बिदेशमा कार्यरत छन मनाग्य कमाई हुने र आर्थिक हिसाबले पनि कलाकारको जिबनमा ठुलो परिबर्तन आउने भयकोले पनि कलाकारको मुख्य श्रोतको रूपमा बिदेशमा हुने कार्यक्रमलाई लिने गरिन्छ , बर्सेनि कलाकार बिदेशमा जाने गर्छन कतिपय कलाकार लाई बिदेशका कार्यक्रममा भ्याई नभ्याई छ , यसरी बिभिन्न चाड पर्बका अवसरमा बिदेशमा हुने कार्यक्रमले कलाकारलाई फाईदा त छदै छ त्यस बाहेक पनि स्वदेशमा रहने नेपालीलाई पनि आफ्नो गाउको झल्को मेटाउने गर्दछ ।

जसको कारणले गर्दा पनि आयोजकले यस्ता मनोरन्जनात्मक कार्यक्रमको आयोजना गर्ने गरेको बताउछन । कलाकारको आम्दानिको बलियो श्रोत भनेको स्टेज कार्यक्रम नै हो त्यसमा पनि अझ बिदेशमा हुने कार्यक्रममा जानको लागि कलाकारहरूले हर प्रयास गरेका हुन्छन, यसो त सांगितिक कार्यक्रमको शिलशिलामा बिदेश पुगेका कयौ कलाकार नेपाल फर्कि सकेका छन भने कति कलाकार बिदेशमा सांगितिक कार्यक्रममा रमाई रहेका छन