गृह जिल्लामा गायिका श्रिपाली सम्मानित

-


     कालिका दर्शन     
     भाद्र ३० गते २०८० मा प्रकाशित


केपि कुमार जलन, बागलुङ/ हाम्रो कला संस्कृती गौरब र सान कलाकर्मिको उत्थानको लागि हाम्रो अभियान भन्ने मुल नारा सहित २०७८ सालमा स्थापना भएको राष्ट्रिय संगितकर्मि संघ म्याग्दीले महिलाहरुको महान पर्व हरितालिका तीजको को पावन अवसरमा महिला अधिकार बाल बिबाह न्युनिकरण तथा समसामयिक बिषयमा आधारीत एकल खुल्ला जिल्ला स्तरीय तीज गीत प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम २०८० बेनि बजारमा सम्पन्न गरेको छ I
संघले आयोजना गरेको कार्यक्रममा गृह जिल्ला म्याग्दि बेनि नगरपालिका ३ भकिम्ली निबासि चर्चित गायिका अमृता श्रिपाललाई सम्मान गरिएको छ ,म्याग्दी जिल्लाको लोक संस्कृतिको संरक्षण सम्बर्दन,र गित संगितको माध्यमबाट पर्यटन प्रवर्दनमा समेत महत्वपुर्ण योगदान पुराएको भन्दै गायिका श्रिपाली लाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य माननीय बिमला गौचनले सम्मानपत्र द्वारा सम्मान गरिएको थियो , २०७३ साल देखि अनाबरत संगित क्षेत्रमा लागेकी गायिका श्रिपाल पछिल्लो समय काठमाण्डौमा बसेर संगित क्षेत्रमा संघर्ष गरि रहेकि छिन , उनका मदानिमा नेति, तिजगित स्यानि २ राजा रानी, देउराली लाई भेटि,यसपालि त यसतै भो दशै तिहार गित,चील गाडि,गैरि गाउको मेला,खैनिले , मेरो माया,बैमानी,लगायतका गित हिट छन I