प्रतिष्ठान बागलुङको सकियो तिजिमेला बिधालय स्तरीय नृत्य प्रतियोगिताको उपाधि अमर आदर्शलाई

-


     कालिका दर्शन     
     भाद्र ३१ गते २०८० मा प्रकाशित



केपि कुमार जलन

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति बागलुङको आयोजनामा नेपाली महिला दिदी बहिनीहरुको महान चाड हरितालिका तीजको अबसरमा आयोजित तीज मेला २०८० को जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाले उद्वघाटन तथा मुल समारोह गण्डकी प्रदेश सभाका उप सभामुख माननीय बिना कुमारी थापाको प्रमुख आतिथ्यतामा भब्यताका साथ सम्पन्न भएको छ ।

२ दिन सम्म बागलुङ बजारको समिट चोकमा आयोजित तिज मेला २०८० मा खुल्ला तिज गित प्रतियोगिता , बिधालय स्तरीय नृत्य प्रतियोगिता सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बिशेष प्रस्तुति रहेको थियो । मेलामा आयोजित तिज गित प्रतियोगितामा डनसाइन एकेडेमी बानपा १२ प्रथम , छन्त्याल महिला समूह दिप्तिय, मेलमिलाप आमा समूह तृतीय , गौरिधाम सत्संग महिला समूह सन्त्वना तथा शान्ति टोल महिला समूह उत्कृष्ट भएको छ भने जिल्लाभर २२ वटा बिधालयको सहभागिता रहेको बिधालय स्तरीय नृत्य प्रतियोगितामा अमर आदर्श आवसिय माबी प्रथम , चिल्ड्रेन लाइफ बिर्डिङ स्कुल दिप्तिय , सिदार्थ शिक्षा सदन तृतीय , यु एस ए ऐकेडेमी सान्तवना तथा पृथ्वी हिरण्य माबी उत्कृष्ट भएको छ I

मेलामा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका पुर्ब अध्यक्ष प्रजापति पराजुली , केन्द्रिय सचीब शंकर बिरही गुरुङ, केन्द्रिय सहसचिब तारानाथ आचार्य , केन्द्रिय सदस्य रेशम निर्दोष , लगायत स्थानीय कलाकारको बिशेष उपस्थितमा साङ्गितिक प्रस्तुति रहेको थियो, कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश सभा सदस्य कुसुम बुढा, काठेखोला गाउपालिका पुर्ब अध्यक्ष अमर थापा, जैमिनि नगरपालिका उप प्रमुख हरिहर शर्मा, प्रतिष्ठान बागलुङका संरक्षक लक्षमण श्री, बा न पा २ का अध्यक्ष सुरज बसेल, संस्था का पूर्व अध्यक्ष, अनेम सङ्घ बाग्लुङ का प्रतिनिधि , अन्तरपाटि महिला सन्जाल का प्रतिनिधि , सम्पूर्ण राजनितिक दलका प्रतिनिधि ज्यूहरु , पत्रकार, संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको प्रतिष्ठानले जनाएको छ I