सुप्रियाको गायिका बन्ने ईच्छा

-


     कालिका दर्शन     
     असाेज २ गते २०८० मा प्रकाशित


केपि कुमार जलन/बागलुङ नगरपालिका बडा नं ६ लङगाँउ २०६२ सालमा आमा पम्फा नेपाली र बाबा बाबुराम नेपालिको कोखबाट जेष्ठ सुपुत्रीको रूपमा जन्मिएकी सुप्रिया नेपाली अहिले गायिका बन्ने ईच्छा संगै संगितमा लाग्ने चाहना ब्याक्त गरेकि छिन् । बागलुङ सदरमुकाम रहेको डिग्निटी कलेज बागलुङबाट कक्षा १२ उत्तीर्ण गरेकि सुप्रिया बिधालयको बार्षिकोत्सब मात्र नभई अन्य कार्यक्रममा पनि आफ्नो गायन प्रस्तुति पस्किदै आएकि थिईन , उनले बाल्यकाल देखि नै गित गाउन थालेको र घरमा खालि समयमा गुन गुनाउने र बिस्तारै आफ्नो स्वर साथि भाइ लाई सुनाउदै जादा राम्रो गायिका बन्ने सुझाब दिदै आएका थिय I

आधुनिक गितमा बढि रुचि भएको र खाली समय टिकटक मा गुनगनाउने सुप्रियालाई मिडियामा देखिन पाउनु अर्को ठुलो चुनौति नै बन्यो ,ईलाका खबरका प्रस्तोता सज्जन कुमार सिंङले नया प्रतिभाको खोजी गर्दे जाने क्रममा पहिलो पटक आफुले नया प्रतिभालाई मिडियामा ल्याउन सफल भएको बताय , उनलाई संगितको ज्ञान नभयपनि संगितको कलास लिन सकेमा आबजमा निखारपन आउने सुझाब दिएका थिय ,उनले अध्ययन संगै संगितमा पनि निरन्तर दिदै म्युजिक भिडियोमा देखिने इच्छा पनि व्यक्त गरेकी छिन् ।

१८ वर्षको उमेरमा उनको स्वरले साच्चिकै धेरैलाई मोहित बनाउछ कतिपय उनका फ्यानहरूले उनको खुलेर प्रशंसा गरेका छन गायनमा तिब्र ईच्छा राखेकी सुप्रियाले आफूलाई गायिका पनि बन्न मन लागेको पत्रकार सिंह संगको कुराकानीमा बताइन् । बाल्यकालदेखि नै आफूलाई गायनसँगै डान्स र हिन्दी गितमा पनि रुची रहेको सुप्रिया बताउँछिन्