मालिका कप भलिबलको उपाघि गौडाकोट युवा क्लबलाई

-


     कालिका दर्शन     
     असाेज २ गते २०८० मा प्रकाशित



हरितालिका तीजको अवसरमा मालिका मन्दिर परिसरमा संचालन भएको भलिबल प्रतियोगिताको उपाघि गौडाकोट युवा क्लब बानपा ३ ले हात पारेको छ । मंगलबार सम्पन्न फाइनल प्रतिस्पर्धामा आयोजक मालिका युवा क्लबलाई दोस्रो स्थानमा धकल्दै गौडाकोटले उपाधि जितेको थियो । काठेखोलाको मिर्मिरे युवा क्लबले तेस्रो स्थान प्राप्त गरेको छ ।
बिजयी गौडाकोटका खेलाडीहरुले नगर ५१ हजार सहित कप पदक र प्रमाण पत्र प्राप्त गरेका छन । यसै गरी दोस्रो हुने मालिकाले २५ हजार तथा तेस्रो हुने मिर्मिरेले नगद १० हजार प्राप्त गरेका छन । आयोजक क्लबका पाण्डव पुन सर्वोत्कृष्ठ खेलाडी घोषित भए । उत्कृष्ठ खेलाडी पुनलाई नगर २ हजार प्रदान गरिएको मूल आयोजक समितिका संयोजक रमेश किसानले जानकारी दिनु भयो । मेलाको बानपा नगर उप प्रमुख राजु खड्काले सोमबार उद्घाटन गर्नु भएको थियो । भलिबलको पुरस्कार बितरणसंगै यस बर्षको तीजमेला सम्पन्न भएको मूल संयोजक किसानले बताउनु भयो ।