बागलुङमा सांङ्केतिक भाषाहरुको दिवस मनाइयो

-


     कालिका दर्शन     
     असाेज ५ गते २०८० मा प्रकाशित



आज अन्तराष्ट्यि सांङ्केतिक भाषाहरुको दिवस । बागलुङ बहिरा संघको आयोजनामा छैठौ सांङ्केतिक भाषााहरुको अन्तर्राष्टिय दिवस बागलुङ बजारमा पनि मनाइयो । संसार, जहां बहिरा नागरिकहरुले जहिले पनि सङ्केत गर्न सक्छन भन्ने नाराका साथ प्रभात फेरी सहित लोकतान्त्रिक चोकमा पुगी कोण सभा गरिएको थियो ।
सो कार्यक्रममा बागलुङ नगरपालिकाका नगर उप प्रमुख राजु खड्काले सांङ्केतिक भाषा सवैका लागि जरुरी रहेको बताउदै यो भाषाले सवैको मन जोड्ने बताउनु भयो । सांङ्केतिक भाषाका लागि गत बर्ष पनि नगरपालिकाले तालिम संचालन गरेको र यो बर्ष पनि तालिम गर्ने बताउदै शैक्षिक, स्वास्थ्य तथा सार्वजनिक महत्वका क्षेत्रहरुमा सांकेतिक भाषा सिकेका जनशक्ति आवश्यक देखिएको बताउनु भयो ।
बागलुङ बहिरा संघका अध्यक्ष सन्तोष पौडेलको अध्यक्षतामा संचालित सो कार्यक्रममा पूर्व नगर प्रमुख जनकराज पौडेल, धौलागिरी बहिरा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष के.वी राना, सामाजिक विकास कार्यालयका कार्यालय प्रमुख गोमादेवी शर्मा, शारीरिक आपाङ्कता संघका अध्यक्ष होमनाथ शर्मा लगायतले सांङ्केतिक भाषा तालिमको आवश्यकता र महत्वकाबारेमा भनाई सहित शुभ कामना दिनु भएको थियो ।