शिरको फुल सार्वजनिक म्युजिक भिडियोमा चन्द्रमा बिश्वकर्माको पहिलो ईन्ट्रि

-


     कालिका दर्शन     
     असाेज १४ गते २०८० मा प्रकाशित


केपि कुमार जलन / बागलुङ
कति गितले समाजको आबजलाई बुलन्द गरेको हुन्छ भने कति गित आफ्नै जीवन संग मेल खाने हुन्छन कति गितले समाजमा अपाच्य हुने गित सार्वजानिक गरेका हुन्छन यसो त पछिल्लो समय नेपाली संगितमा भित्रिएको बेथिति न्युनिकरण गर्न थुप्रै संघ संस्थाको जन्म भएपनि नेपालको संगितमा तरलता भने यथावत नै छ , उसो त कति गितले आफ्नै जीवन परिबेश आफ्नो बाबा आमा प्रति समर्पित गितहरू पनि बजारमा कमै मात्र सार्वजानिक भएको बेला बागलुङको काठेखोला ४ तंग्राम कि नबोदित प्रतिभा म्यूजिक भीडियोमा मुख्य कलाकारको रुपमा रहेकी कलाकार चन्द्रमा विश्वकर्माकी आफ्नी स्वर्गीय आमा सस्ती विश्वकर्मालाई समर्पण गरिएको गित भर्खर मात्र सार्वजानिक भएको छ ।

यो म्युजिक भिडियोमा नबप्रतिभा चन्द्रमा बिश्वकर्माको पहिलो ईन्ट्रि भएको छ । माया प्रेमको एक अन्तरभाबलाई टपक्क टिपेर तयार पारीएको गितको शब्द संगित भोजेन्द्र अधिकारीले गरेको छन भने सु्समा विसीको एकल आवज रहेको छ । भिडियोमा मुख्य कलाकारको भुमिकामा चन्द्रमा बिश्वकर्मा,साहिल गायक, रोहित गायक ,पदम बहादुर बास्ताकोटि,सनम थापा मगर,दिप्ना रसाईली,गजल बिश्वकर्मा,कृष्ण श्रिपालि,महादेब अधिकारी र योग्य बहादुर गायकको भुमिका रहेको छ । गण्डकी प्रदेशको राजधानि सुन्दर नगरी पोखराको घाचोकमा छाँयाङकन गरिएको गित को म्युजिक भिडियोको निर्देशन सम्पादन राम बास्तोला र दिपेस केसीको छाँयाङकनमा सम्पन्न भिडियो रियल पिक्चर नेपाल अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको छ