केपि कुमार जलन/लोक दोहोरी ब्यबसायीहरूको ऐक्यवद्वता,कला संस्कृतिको संरक्षण र रोजागारीको प्रतिबद्वता भन्ने मुल नाराका साथ दोहोरी ब्यबसायिहरूको छाता संगठन राष्ट्रिय लोक दोहोरी ब्यबसायी संघको पाचौ
बार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम
नेपाल सरकारका उपप्रधानमन्त्री तथा गृह मन्त्री माननिय नारायणकाजि श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । सोमबार राजधानिको बिजी बैंक्वेट गोंगबुमा सम्पन्न भएको कार्यक्रममा लोक तथा दोहोरी गायिका तथा ब्यबसायी दिलु सलामी मगर लाई सम्मान गरिएको छ ।
बार्षिक साधारण सभाको अबसरमा गायिका दिलु सलामि मगरले दुई दशक भन्दा बढी कलाकार क्षेत्रमा गरेको कर्म बाह्र बर्ष सम्म निरन्तर संस्थाको नियम मान मर्यादा र अनुशासन भित्र रहेर यानिमाया रोधीघर संचालन गर्दै आएको साथै दुई कार्यकाल कार्यसमिति भित्र रहि संस्था प्रतिको लगाब मेहनतको कदर गर्दै उपप्रधानमन्त्री तथा गृह मन्त्री माननीय नारायणकाजी श्रेष्ठ ज्युले सम्मानपत्र द्वारा सम्मान गरिएको हो ।यति ठुलो सम्मानले आफु अत्यन्तै हर्षित भएकोले सम्मानित हुँदै गायिका मगरले भनिन। आफुलाई
सम्मान गर्न योग्य ठान्नु हुने कार्यसमिति लगायत सम्पुर्ण पदाधिकारी, सदस्य ज्युहरु र सम्पुर्ण ब्यबसायीहरूमा अन्तर हृदय देखी नै उच्च सम्मान र हार्दिक कृतज्ञता व्यक्त गर्दे
आगमि दिनमा दोहोरी ब्यबसायीको क्षेत्रमा ईमान्दार भई लाग्ने बताईन । गायिका मगरले काठमाण्डौ को गोङगबुमा यानिमाया रोधि कल्ब संचालन गर्दे आउनु भएको छ ।