उत्कृष्ट महिला सदस्यमा मोडल रिना थापा मगरलाई सम्मान

-


     कालिका दर्शन     
     असाेज २९ गते २०८० मा प्रकाशित


केपि कुमार जलन/राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको २३ औं ऐतिहासिक वार्षिक साधारण सभा, स्रष्टा सम्मान तथा विविध साँस्कृतिक कार्यक्रम माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ I
समितिको २३ औँ बार्षिक साधारण सभा बाट बर्षभरी संस्थालाई पुर्याएको योगदानको उच्च कदर गर्दै राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालले मोडल रिना थापा मगरलाई सम्मान गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालको केन्द्रीय सदस्य समेत रहेकी रिना थापा मगर १ दशक देखि मोडलिङ क्षेत्रमा आफुलाई स्थापित गरि देश बिदेश र नेपालका थुप्रै मेला महोत्सबमा आफ्नो प्रस्तुति दिई सकेकी मोडल रिना थापा मगरलाई प्रतिष्ठानका अध्यक्ष रिता थापा मगरको नेतृत्वमा रहेको टिमले प्रोत्साहन र सम्मान स्वरुप बर्षभरीको उत्कृष्ट महिला सदस्यमा सम्मान गरेको हो । सम्मान ग्रहण गर्दे मोडल थापाले
आफुले पायको सम्मान र आशिर्वादले आगामि दिनहरुमा अझै प्रतिष्ठानको हरेक क्रियाकलापमा अनुशासन भई जिम्मेवारी पूरा गर्ने प्रतिबद्वता ब्याक्त गरिन I