सबिता परियारको दशै गित के छ लाहुरे सार्वजनिक

-


     कालिका दर्शन     
     असाेज ३० गते २०८० मा प्रकाशित


केपी कुमार जलन/रोजगारीका लागि विदेश गएका धेरै नेपाली युवा दशैं, तिहारको मौका पारेर घर फर्किने गर्छन् ।
चाडबाड पर्वका बेला घर, गाउँमा आफन्तदेखि साथीभाइको समेत जमघट हुने भएकाले धेरै यही समयलाई स्वदेश फर्किन उत्तम बेला ठान्ने गर्छन मिठो मसिनो खाने, राम्रो लाउने, रमाइलो गर्ने वर्षदिनको चाड दशैंमा नेपालीहरु जहाँसुकै भए पनि मूलथलोमा भेला हुने गर्छन् । दशैंका लागि भनेर विदेशमा रहेका नेपाली पनि स्वदेश फर्किने क्रम बढेको छ यसैले पनि होला चर्चित गायिका सबिता परियारले हरेक बर्ष दशै तिहारको आगमन संगै दशै तिहारका गित बजारमा ल्याउने गर्छिन ।

यसै क्रममा यस बर्षको दशै तिहारमा पनि के छ खबर दशै गित लाहुरे दाजु भाइ र दशै मान्न गाउ भित्रिएका दाजुभाईहरूको यथार्त कहानिलाई गित मार्फत ब्याक्त गरेकी छिन । सर्जक शिब हमालको शब्द संगित गायिका सबिता परियार र गायक बिमल परियारको आबज रहेको गितमा चर्चित मोडल लोमश शर्मा र रजनि गुरूङले डब्यु गरेका छन , जेरी भण्डारीको निर्देशन अजय रेग्मीको छाँयाङकन र बिकास ज्ञवालीको सम्पादनमा रहेको म्युजिक भिडियो शिव हमाल अफिसियल युटुब च्यानलबाट सार्बजानिक गरिएको छ ,।