बिद्यामन्दिर पुस्तकालयले बडादशैं दिपावली लगायतका चाडपर्वको अवसरमा आपसमा शुभ कामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा जनप्रतिनिधी, सस्थाका संरक्षकहरु, सल्लाहकार, पदाधिकारी, सदस्यहरु, विभिन्न सस्थाका पदाधिकारी, पत्रकार लगायत सहभागी रहनु भएको थियो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगर उप प्रमुख राजु खड्काले सनातन धर्म, मौलिक संस्कृति परम्पराको संरक्षणमा जोड दिदै देशमा शान्ति, सदभाव, स्थायित्व, विकास र रोजगारी सृजना सहित सवैमा सकारात्मक सोच तथा भावनाको चमत्कारीक विकास होस भन्ने कामना गर्नु भयो । मितब्ययी बन्न, क्षमता र गच्छे अनुसार चाडपर्व मनाउन आग्रह गर्दै उप प्रमुख खड्काले अध्ययन र मेहनत गरौं, सदा खुशी र सुशी रहौं भन्ने विचार व्यक्त गर्नु भयो ।
समाजका सवैलाई जिम्मेवार बन्न हाम्रा चाडपर्वले प्रेरणा दिउन, सवै नेपालीहरुलाई एकताको सुत्रमा जोड्न बडा दशैं, नेपाल सम्बत, तिहार, छड लगायतका चाडपर्वले प्रेरित गरोस भन्दै शुभ कामना ब्यक्त गर्नु भयो ।
संस्थाका सदस्य एवं वरिष्ठ अधिवक्ता काजिगाउले श्रेष्ठले दशैंको पृष्ठभूभि, महिमा र महत्वको बारेमा प्रकास पार्नु भएको थियो । सस्थाका संरक्षक लालचन्द्र राजभण्डारी, हरीहर श्रेष्ठ, साहित्यकार प्रेम छोटा, देव बहादुर श्रेष्ठ, महेशचन्द्र प्रधान, राम प्रसाद शर्मा, रामचन्द्र शर्मा, विकास शाक्य, इश्वर श्रेष्ठ मलेपती, हरीप्रसाद पाण्डे,गोविन्द प्रसाद वझा, गुणराज पौड्याल, शैलेन्द्रकुमार श्रेष्ठ, दुर्गाबहादुर आचार्य, गणेश महतोले शुभ कामना व्यक्त गर्नु भयो । यसै गरी विद्यामन्दिर माविका अध्यक्ष छविरमण रेग्मी, पत्रकारहरु तारानाथ आचार्य, हरीनारायण गौतम, मुकेशचन्द्र रा.भ, कोपिला कडेल, सज्जनकुमार सिं लगायतले शुभ कामना मन्तब्य राख्नु भएको थियो ।
पुस्तकालयका अध्यक्ष राम थापा अविरलको अध्यक्षता, सचिव राजन शर्माको संचालन र सदस्य धनमाया शर्माले स्वागत मन्तब्य राख्नु भएको थियो ।