सिगानामा सम्पन्न बडादशैं बिशेष भलिबलको उपाधि माउन्टेन भ्यू गल्कोटलाई

-


     कालिका दर्शन     
     कार्तिक ७ गते २०८० मा प्रकाशित


बडा दशैं तथा संस्थाको तेस्रो बार्षिकोत्सवको विशेष अवसरमा रानीभूमे युवा क्लब, सिगानाले आयोजना गरेको भलिबल प्रतियोगिता माउन्टेन भ्यू गल्कोटले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा माउन्टेन भ्यूले रेश २ बौरलाई पराजित गरेको थियो । बिजयी माउन्टेन भ्यूले नगद ५० हजार तथा रेश २ ले नगद ३० हजार प्राप्त गरे । सो प्रतियोगितामा सिंगाना साविक वडा नं ३ र ७ ले तेस्रो स्थान प्राप्त गरेको थियो । सिंगानाले नगद ११ हजार प्राप्त गरेको थियो । प्रतियोगितामा १२ टिमले भाग लिएको खेल संयोजक सुजन कार्किले जानकारी दिनु भयो ।


बिजयी खेलाडीहरुलाई बागलुङ नगरपालिकाका नगर उप प्रमुख राजु खड्का, बानपा २ का वडा अध्यक्ष एवं नगर खेलकुद विकास समितिका अध्यक्ष सुरज बोसेल, बानपा ८ का अध्यक्ष एवं पूर्वाधार विकास समिति संयोजक छम बहादुर कार्कि राजु लगायतले नगद तथा पुरस्कार बितरण गर्नु भएको थियो ।
आयोजक सस्थाका अध्यक्ष रमेस किसानको अध्यक्षतामा भएको प्रतियोगितामा विभिन्न विधा तर्फ राजु परियार, हरी पुन, गणेस पुन, सुजन परियार लगायतलाई विशेष पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।