लम्गाउंमा दशैं मेला शुरु, भलिबलको उद्घाटन खेलमा आयोजक टिम बिजयी

-


     कालिका दर्शन     
     कार्तिक ८ गते २०८० मा प्रकाशित


बागलुङ नगरपालिका-६ स्थित लम्गाउं (लुङगाउं) मा बुधबारदेखि बडादशैं मेला शुरु भएको छ । प्रगतिशिल युवा समूहको आयोजना तथा लम्गाउं आमा समूहको सह- आयोजनामा भएको मेलाको बागलुङ नगरपालिकाका नगर उप- प्रमुख राजु खड्काले उद्घाटन गर्नु भयो ।


लम्गाउंको पृष्ठभूमि ऐतिहासिक कालिका मन्दिरसंग जोडिएकोले यहांको संस्कृति, सस्कार र परम्परालाई जोगाउन जरुरी रहेको र स्थानिय युवा तथा आमा समूहले बडा दशैंलाई जोडेर आयोजना गरेको मेलाले धेरै अर्थ राख्ने उप प्रमुख खड्काले बताउनु भयो । मेला मार्फत स्थानिय कला, सस्कृति र भेषभुषाको संरक्षण र प्रदर्शनीले लम्गाउंलाई देश विदेशमा चिनाउने बताउदै यहांबाट विदेश गएका मगर समुदायले स्थानीयस्तरको विकास निर्माणमा सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नु भयो ।


कार्यक्रममा बानपा ६ का वडा अध्यक्ष रुद्र बहादुर के.सी, पूर्व वडा अध्यक्ष डिल बहादुर थापा, वडा सदस्य सन्चिता सापकोटा लगायतले शुभ कामना व्यक्त गर्नु भयो । आयोजक सस्थाका अध्यक्ष ज्ञान बहादुर थापाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा कार्यक्रम संयोजक टेक बहादुर थापाले स्वागत र सदस्यद्धय सागर थापा र नारायण थापाले कार्यक्रम संचालन गर्नु भएको थियो ।


मेलाको पहिलो दिन भएको भलिबल उद्घाटन खेलमा आयोजक लम्गाउं युवा समूहले पुल्चोक युवा क्लब, ओडारेलाई पराजित गरेको छ । भलिबल खेलमा १६ टिमको सहभागिता रहेको छ । चार दिनसम्म संचालन हुने मेलामा महिला, पुरुष रस्सा कस्सी, महिला पुरुष छेलो, एकल नृत्य, भाले छोप्ने, घैटो फोड लगायत चर्चित कलाकारहरुको सांगितिक प्रस्तुतिहरु रहेको कार्यक्रम संयोजक टेक बहादुर थापाले जानकारी दिनु भयो ।