भुकम्पमा ज्यान गुमाउनेहरुको स्मृतिमा श्रद्धाञ्जली तथा सचेतनामुलक कार्यक्रम

-


     कालिका दर्शन     
     कार्तिक २० गते २०८० मा प्रकाशित


गत शुक्रबार राति जाजरकोटको रामिडांडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टरको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा हालसम्म १ सय ५७ जनाको निधन भएको छ । सो घटनामा परि निधन भएकाहरुको चिर शान्तिको कामना गर्दै लोकतान्त्रिक चोकमा सोमबार साझ श्रद्धाञ्जली तथा भुकम्प सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।
बागलुङ नगरपालिका तथा हाइकर्स युनाइटेटको सहकार्यमा संयुक्त चार युवा क्लबको आयोजनामा भएको कार्यक्रममा नगर उप प्रमुख राजु खड्का, सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङका प्रमुख सुनिता श्रेष्ठ, भौगर्भिक इन्जिनियर खुमेन्द्र भण्डारी लगायत सहभागी रहनु भएको थियो ।
कार्यक्रममा भुकम्पमा परि निधन भएकाहरु प्रति बैकुण्ठबासको कामना गर्दै २ मिनेट मौन धारण र दिप प्रज्वलन गरिएको थियो । साथै घाइतेहरुरुको सिघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो ।
संयुक्त चार युवा क्लबका अध्यक्ष अभिषेक कटुवालको अध्यक्षता, संचालन सचिव विरोध क्षेत्रिले गर्नु भएको थियो । कार्यक्रममा सघन शहरी तथा भवन निर्माण आयोजनाका कार्यालय प्रमुख सुनिता श्रेष्ठ र भौगर्भिक इन्जिनियर खुमेन्द्र भण्डारीले भुकम्प के हो र किन जान्छ , भुकम्प जाने क्षेत्रहरु, भुकम्पका असरहरु, भुकम्पबाट बच्ने उपायहरु, भुकम्प जानु पूर्व र गएपछी अपनाउनु पर्ने शतर्कता र कार्यहरुका बारेमा चर्चा गर्नु भएको थियो ।