अमलाचौरमा सम्पन्न भलिबलमा कालुङखोला युवा क्लब बिजेता, न्यू आदर्श उप-बिजेता

-


     कालिका दर्शन     
     कार्तिक २८ गते २०८० मा प्रकाशित


बागलुङ नगरपालिका-१२ स्थित अमलाचौरमा संचालित दिपावली कप भलिबलको उपाधि कालुङ खोला युवा क्लब, जैमिनि ९ ले जितेको छ । मंगलबार सम्पन्न फाइनल प्रतिस्पर्धामा कालुङ खोलाले आयोजक न्यू आदर्श युवा क्लबलाई पछी पार्दै ट्रफी र नगद ३० हजार प्राप्त गरेको छ । सो प्रतिस्पर्धामा आयोजक न्यू आदर्शले उप विजेताको ट्रफीसंगै नगद २० हजार हात पारेको छ ।


यसै गरी मंगलबार भएको सेमिफाइनल प्रतिस्पर्धामा आयोजक टिम ” वि” लाई पछि पार्दै मुनाल युवा क्लब, दुर्गुङले तेस्रो स्थानको ट्रफी प्राप्त गरेको छ । मुनालले नगद ११ हजार १ सय ११ प्राप्त गर्यो ।
कार्यक्रममा बिजयी खेलाडीहरुलाई शुभ कामना व्यक्त गर्दै बागलुङ नगरपालिकाका नगर उप- प्रमुख राजु खड्काले स्थानिय स्तरमा भैरहेका वार्ड तथा पालिकास्तरिय प्रतिस्पर्धाबाट नै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरु उत्पादन हुने भएकाले चाडपर्वको अवसरमा हुने यस्ता प्रतिस्पर्धाहरुको विशेष महत्व रहेको बताउनु भयो । उहांले नियमसंगत र अनुशाषनलाई आत्मसाथ गर्ने खेलाडीहरुले सफलताको सिडि सहजै चड्न सक्ने भएकाले मेहनतसंगै नियम र अनुशाषन पूर्वक खेल जिबनलाई अगाडी बढाउन खेलाडीहरुलाई आग्रह गर्नु भयो ।


कार्यक्रममा नगर उप- प्रमुख खड्का, बानपा १२ का अध्यक्ष कोपिलामणी शर्मा, इलाका प्रहरी कार्यालय बलेवाका इन्चार्ज पदम बहादुर क्षेत्री, बानपा १२ का वडा सदस्य महानन्द शर्मा, आयोजक क्लबका अध्यक्ष सुदिप बर्देवाले पुरस्कार बितरण गर्नु भएको थियो । आयोजक क्लबका अध्यक्ष बर्देवाको अध्यक्षतामा भएको कार्यक्रममा सह- संयोजक शिशिर परियारले सहभागीहरुलाई स्वागत र कल बहादुर परियारले कार्यक्रम संचालन गर्नु भएको थियो ।