बागलुङमा पर्यटन पत्रकारीता तालिम सम्पन्न

-


     कालिका दर्शन     
     मंसिर १० गते २०८० मा प्रकाशित



बागलुङ नगरपालिका, नगर पर्यटन विकास समितिद्धारा आयोजित ३ दिने पर्यटन पत्रकारीता तालिम शनिवार सम्पन्न भएको छ । तालिममा २७ जना सहभागि रहेका थिए । तालिममा नेपाल पर्यटन बोर्डका मिडिया को-अर्डिनेटर टिपी भुसाल, नेपाल पर्यटन बोर्ड, पोखराका बरिष्ठ अधिकृत कुन्दन मिश्र, पत्रकारहरु प्रकाश बराल, किरण आचार्य, राम थापा अविरल, बिजय थापा र सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले सहजिकरण गर्नु भएको थियो
समापन कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले पर्यटनलाई उद्योगको रुपमा स्थापना गरी पर्यटकहरुले मनग्य खर्च गर्ने खालको वातावरण बनाउनु पर्नेमा जोड दिनु भयो । उहांले विश्वमा मानव निर्मित संरचना खडा गरेर पर्यटकहरु आकर्षित गरिरहेको अवस्थामा यहांका प्राकृतिक तथा धार्मिक क्षेत्रहरु पर्यटकहरुका लागि निकै आकर्षक हुने बताउनु भयो ।


नगर उप-पमुख राजु खड्काले बानपा भित्रको पर्यटन विकासका लागि नगर पर्यटन विकास समितिले तयार गरेका योजनाहरुको बारेमा जानकारी गराउदै तालिममा सिकेको ज्ञानलाई व्यवहारमा उतार्न, निरन्तर अभ्यास गर्न र संचार माध्यममा आबद्ध रहन आग्रह गर्नु भयो । पर्यटन विकासका लागि पत्रकारहरुको भूमिका ज्यादै प्रभावकारी हुने भएकाले यहांका पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसार, उत्पादमा बृद्धि, लगानी भित्राउने, पर्यटक भित्राउने, पर्यटन व्यवसायीलाई जिम्मेवार बनाउने, स्थानिय भाषा, संस्कृति, परम्परा संरक्षण आदीमा भूमिका खेल्न आग्रह गर्नु भयो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, प्रमुख प्रशासकिय अधिकृत हरीदत्त कडेल, नेपाल पत्रकार महासंघ, बागलुङ शाखा सचिव बिजय राना, प्रशिक्षार्थि पत्रकार विरोष क्षेत्री लगायतले आआफ्ना भनाई राख्नु भएको थियो । प्रशासकिय अधिकृत युक्त प्रसाद सुवेदीले सहजिकरण गर्नु भएको समारोहको अध्यक्षता नगर उप प्रमुख एवं नगर पर्यटन विकास समितिका संयोजक खड्काले गर्नु भएको थियो ।