संचारकर्मि अमित बिश्वकर्माको मनकी रानी’गुल्मी बजारमा सार्वजनिक

-


     कालिका दर्शन     
     पौष १ गते २०८० मा प्रकाशित


केपि कुमार जलन, बागलुङ
गायक अमित बिश्वकर्माको पञ्चे बाजामा आधारीत मनकी रानी बोलको गित बजारमा सार्वजानीक भएको छ , लामो समयको पर्खाइपछि गायक बिश्वकर्माको यो गितले आम दर्शकको मन जितेको छ
आफ्नै गाउले परिवेश मंगला गाउँपालिका ३ बरंजा, खानीगाउँ घाम्ताङमा छायाँङ्कन गरिएको गीतको म्युजिक भिडियोमा बरंजाको ऐतिहासिक पर्यटकीय स्थल चिनाकोत धुरी (बाइसे, चौविसे राजाको दरबारका भग्नावशेष रहेको ठाउँ ) लाई समेत समावेश गरिएको छ ।
गायक अमित बिश्वकर्माको शब्द बिकास अनुरागी बिश्वकर्माको संगितमा रहेको गितमा आबज कर्णप्रिय आबजकी धनी सुनिता बुढा क्षेत्री र अमित बिश्वकर्माको स्वर रहेको छ । भिडियोमा जुनु गुरूङ र दिप सागरको।मुख्य भुमिका रहेको छ , दुर्गा पौडेलको निर्देशन छाँयाङकन नवीन घरती मगरको सम्पादनमा निर्माण भएको म्युजिक भिडियो अमित बिश्वकर्मा अफिसियल युटुब च्यानलबाट सार्वजानीक गरिएको छ ।