सुमन परियार मन्जु बिक र पुजा गुरूङको पञ्चेबाजा गित आफ्नो पन सार्बजानिक

-


     कालिका दर्शन     
     माघ ११ गते २०८० मा प्रकाशित


केपि कुमार जलन, बागलुङ
मंसिर महिना लगनको महिनाको,शुरूवात हो विशेष गरि बैबाहिक बिबाहमा जोडिने दम्पतीको लागि मंसिर माघ फागुन बैशाख महिना बिहेका लागि उत्तम महिना हुन बिबाहको लगनमा विशेष गरि कलाकारहरूले पञ्चेबाजा गित बजारमा पस्किने गर्छन यसो त नेपाली पञ्चेबाजाको रौनकताले बिबाहको झल्को मेटाईदिने गर्छ यसै क्रममा लोक दोहोरी गायक सुमन परियार, गायिका मन्जु बिक , र पुजा गुरूङको निकै मौलिक पञ्चेबाजा गित ‘आफ्नो पन’ भरखर मात्रमा बजारमा सार्बजानीक गरेका छन । माया प्रेमको एक अन्तरभाबलाई गितमा प्रस्तुत गरी प्रेम जोडीको मायालाई गितमा ब्याक्त गरिएको छ । गायक सुमन परियारको शब्द संगित गायिकाद्वय मन्जु बिक ,पुजा गुरूङ ,सुमन परियार र सुरेश घतानको मिठास आवज रहेको गितको भिडियोमा मन्जु बिक ,पुजा गुरूङ ,सुमन परियार र सुरेश घतान,प्रेम घताङ,ज्योती बराल र जगत गौडेलको मुख्य भुमिका रहेको छ । प्रकाश भट्टको निर्देशन गणेश सापकोटाको छाँयाङकन र टेकेन्द्र शाहको सम्पादनमा रहेको म्युजिक भिडियो सुरेश घताङ अफिसियल युटुब च्यानलबाट सार्बजानीक गरिएको छ