धौलागिरी सांगितीक सौगातका लागि राजेश पायल देखि राजेश बर्देवा कोरिया जाँदै

-


     कालिका दर्शन     
     माघ ११ गते २०८० मा प्रकाशित



केपि कुमार जलन
प्रबासी भुमिमा भैपरी आउने समस्याहरू समधान गर्नको लागि आपतकालीन राहत कोष स्थापनार्थ कोरियन नया बर्ष सलनालको अबसरमा बाग्लुङ समाज दक्षिण कोरीया ले आयोजना गरेको धौलागिरि सांगितिक सौगात कार्यक्रमका लागि भर्सटायल गायक राजेश पायल राई सहित थुप्रै कलाकार कोरिया जाने कार्यक्रम सयोजक सुवाश लामिछानेले बताए ।
कार्यक्रम फेब्रुअरि १० तारिखका दिन हुने भएको हो । सांगितिक कार्यक्रममा नेपालबाट लोकप्रीय गायक बसन्त थापा गायिका शान्ती श्री परियार प्रकाश दुतराज कमेडि कलाकार सुबोध गौतम र गायिका अनुपा थापा मगर जाने भएका हुन ।

वमन युनिभर्सिटिज मा हुने उक्त कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान द कोरीया शाखाका कलाकारहरूबाट सांगितिक प्रस्तुति संगै कार्यक्रमको सम्पुर्ण तयारीमा जुटेको समाजका अध्यक्ष भुमिराज भुषाल ले बताए ।