चिसो मौसममा स्थानिय लाई सशस्त्र प्रहरीको आगो ताप्ने ब्यबस्था

-


     कालिका दर्शन     
     माघ ११ गते २०८० मा प्रकाशित


केपि कुमार जलन
चिसो मौसमलाई दृष्टिगत गरी सशस्त्र प्रहरी बल नेपालले आगो ताप्ने ब्यबस्था मिलाईएको छ । सिराहा जिल्लाको नबराजपुर गाउँपालिकामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नबराजपुरबाट जाडोको मौसमलाई दृष्टिगत गरि नबराजपुर गाउँपालिका सँग आबश्यक समन्वय गरी गाउँपालिकाका विभिन्न स्थानका चोकहरुमा आगो बाली स्थानियलाई आगो ताप्ने ब्यवस्था मिलाएको छ । हरेक बर्ष सशस्त्र प्रहरी बलले चिसो बढदै जान सक्ने भएकोले प्रतिकुल मौसम कायम नै रहने अबस्थालाई दृष्टिगत गरि स्थानियबासीका लागि चोकमा आगो ताप्ने ब्यबस्था मिलाउन देशैभरका युनिटहरूमा परिपत्र गर्दे आएको छ भने केही दिन अघि सिरहा जिल्लाको नवराजपुर गाउँपालिका वडा नं ३ स्थित शिवचोक नजिक रहेको शिव मन्दिरमा २३ औ सशस्त्र प्रहरी दिवस २०८० को अवसरमा मन्दिर सरसफाइ कार्यक्रम संचालन गरिएको थियो । आगमी दिनमा स्थानिय तह संग आबश्यक समन्वय गरि सामाजिक सेबामा निरन्तर खटि रहने सशस्त्र प्रहरी बल नेपाल बि।ओ।पि। का सशस्त्र प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिनु भयो I