दोहोरी गित प्रतिष्ठानका अध्यक्ष रिता थापाले लेखिन कडा स्टाटस

-


     कालिका दर्शन     
     माघ १३ गते २०८० मा प्रकाशित


केपि कुमार जलन/ राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालको अध्यक्ष रिता थापाले पछिल्लो समय नेपाली लोक दोहोरी क्षेत्रलाई बिगार्ने जो कुनै लाई पनि बाकि नराख्ने बताउनु भएको छ । प्रतिष्ठानको अध्यक्ष सम्हाले पछि थापाले पछिल्लो समय ब्यङगत्मक प्रहार बाट नेपालि संगित क्षेत्रमा मौलाएको बिकृति बिसंगति मेला महोत्सबमा देखिएको ठेकेदार प्रथा, अग्रज कलाकार ,राम्रो सर्जक गायक ले अबसरबाट बन्चित हुन परेको कुरा आफुले बारम्बार उठाउद‌ै आएको कुरा समेत आफुले सामाजिक संजालमा फेसबुक मार्फत जानकारी गराउनु भएको छ । कतिपय स्थापित कलाकार समेत बिदेश पलायन भई सकेको कुरा लाई समेत ईङगित गर्दे थापाले संघर्ष र क्रान्ति घन्किने बताउनु भयको छ । प्रतिष्ठानका अध्यक्ष रिता थापाले चालेको नया कदम संगै केही साता अघि बिज्ञप्ति जारी गर्दे अनाधिकृत रूपमा विभिन्न स्रष्ट सर्जकका अनुमति बेगर म्युजिक ट्रयाक प्रयोग गरे प्रचलित कानुन बमोजिम कार्वाही गर्ने घोषण समेत गरेको छ । पछिल्लो समय प्रतिष्ठानको अध्यक्ष थापाले लोक संस्कृति बिगार्ने जो कोहि कलाकार दोहोरी ब्यबसायि को सूक्ष्म रूपमा निगरानि गर्दे कडा स्टाटस लेख्नु भयको छ उहाले सामाजिक संजाल फेसबुक मार्फत
हामी संग त रितिरिवाज जोडिएको छ, परम्परा जोडिएको छ, संस्कार जोडिएको छ, संस्कृती जोडिएको छ, भाषा जोडिएको छ, भेशभूषा जोडिएको छ, मेलापर्व चाडवाड जोडिएको छ, माटो जोडिएको छ, आत्मा जोडिएको छ जब यी सबै तोडिन्छ नी, तिम्रो सुनौलो नाममा पित्तल सम्म रहने छैन भन्दै कडा स्टाटस लेख्नु भएको छ ।