साउदीमा सवारी दुर्घटनामा परेका बागलुङ बरेङका दुर्गा नेपालीलाई उपचारमा समस्या

-


     कालिका दर्शन     
     माघ १९ गते २०८० मा प्रकाशित


केपि कुमार जलन/ धन कमाउला अनि परिबार बाल बच्चाको पालन पोषण गरौला भन्ने सुन्दर सपना बोकेर बिदेश जान बाध्यता नेपाली युबाहरू दुर्घटनामा परी अकालमा ज्यान गुमायका छन । आफ्नो देशमा रोजगारीको सृजना नहुदा दैनिक युबाहरू बिदेश पलायन हुन बाध्यता छन केही बर्ष अघि सुन्दर भबिष्यको कल्पना बोकेर साउदी अरब पुगेका बागलुङ बरेङ गाउपालीका २ हुग्दिशिरका दुर्गा बहादुर नेपाली सबारी दुर्घटनामा परी घाईते भए २०२३ डिसेम्बर १० तारीक साउदीको तावुवु भन्ने स्थानमा फोरक्लिप गाडी दुर्घटना हुदा उनी गम्भीर घाईते हुन पुगे उनको शरिरको देब्रे खुट्टा र ढाडमा चोट लागि चल्नै नसक्ने गरि ठुलो घाउ भएपछि नेपाल फर्किएका नेपालीले गायिकाद्वय आफ्नै दिदी अमृता नेपालीको साहरामा काठमाण्डौको ग्राण्डी हस्पिटल सामाखुसीमा उपचार गराईरहेका छन , उनको उपचारमा निकै ठुलो धनराशी खर्च हुने भएकोले घरको आर्थिक अबस्था कमजोर भएकोले जीवन रक्षा गरिदिन देश तथा बिदेशमा रहनु हुने नेपाली दाजुभाई, संघ संस्था ,पत्रकार, लाई अपिल गरेका छन ।