उत्कृष्ट गायकमा बागलुङका सुमन खडका संस्कृती मन्त्री सुदन किराँतीको हातबाट सम्मानित

-


     कालिका दर्शन     
     फागुन ९ गते २०८० मा प्रकाशित


केपि कुमार जलन/ राष्ट्रिय  लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालको आयोजनामा धादिङको चरौदिमा सम्पन्न ७औं राष्ट्रिय  दोहोरी गित रनिङ् शिल्ड प्रतियोगितामा देश भरी बाट सहभागी ४८ टिम मध्ये प्रतिस्ठान बाग्लुङको प्रतिनिधित्व गर्दै यस पटक प्रतियोगी कलाकार मध्येमा उत्कृष्ट गायकको रूपमा बागलुङका सुमन खड्का पुरस्कृत भएका छन । प्रत्यक्ष दोहोरीमा अब्बल मानिएका गायक सुमन खडका गायिका सीता परियार संगको जोडीमा बागलुङ प्रतिष्ठानको प्रतिनिधित्व गर्दे दोहोरी प्रतियोगितामा सहभागी थिय अन्तिम फाईनल राउण्डमा कोरिया शाखा बिच भयको घमासन दोहोरीमा ३ अङकले उपबिजेता बन्नु परेको थियो ।
प्रत्यक्ष दोहोरीमा अब्बल सुमन पोखरामा पहिलो पटक उत्कृष्ट गायकमा सम्मानित भयका थिय । प्रतियोगिताको अन्तिम दिन प्रमुख अतिथिको रूपमा धादिङ पुगेका माननीय संस्कृती पर्यटन मन्त्रि सुदन किरातीको हातबाट गायक खड्का सम्मानित भयका हुन । उनले आफुलाई योग्य ठानेर पुरस्कृत गर्नुहुने सम्पूर्ण निर्णायक ज्यूप्रति आभार प्रकट गर्दे
प्रतियोगिता अवधिभर सहयात्रा गर्ने गायिका सिता परियारलाई हार्दिकताका साथ धन्यबाद व्यक्त गर्दे हरेक दिन प्रतियोगिता बारे चासो लिने, हौसला प्रदान गर्न सबै शुभचिन्तकलाई धन्यबाद दियका छन।