केपि कुमार जलन/ स्थानिय खेल कौशल कला संस्कृती को बिकास र बिस्तार समृद बिकसित र सुखी समाज निर्माणको आधारूभन्ने मुल नाराका साथ स्थापना भयको पुष्पाञ्जली ग्रामिण विकास केन्द्रको आयोजनामा यहि फाल्गुण २२ गते देखि २ गते सम्म काठेखोला गाउपालिका २ भिमपोखरा स्थित शिवालय आधरभुत बिधालयको प्राङगमा हुने भयको छ , यस क्षेत्रकै सर्वाधीक चर्चित ऐतिहासीक महाशिबरात्री मेला हरेक बर्ष लाग्ने गर्छ , शिबालय मन्दिरको पुजा आराधना संगै बिबिध प्रतियोगितात्मक कार्यक्रम संगै मेला भब्य रूपमा सफल हुने बताईएको छ , मेलामा खुल्ला वडा स्तरीय पूरूष भलिबल प्रतियोगिता,सामुहीक नृत्य प्रतियोगिता,४५ बर्ष माथि पेनाल्टी , मध्येपहाडी दौड प्रतियोगिता, संगै राष्ट्रिय तथा स्थानिय कलाकारहरूबाट सांगितीक प्रस्तुति हुने कल्बका अध्यक्ष राजु गौतमले।जानकारी दिनु भयो l