मृगौला पिडित गायक प्रसाद खप्तरीलाईअष्ट्रेलियाबाट आर्थिक सहयोग

-


     कालिका दर्शन     
     फागुन १३ गते २०८० मा प्रकाशित


केपि कुमार जलन/ लोक प्रिय कलाकार प्रसाद खप्तरी मगरको मृगौला प्रत्यारोपण उपचारको लागि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल अष्ट्रेलिया शाखाको तर्फबाट कार्यवाहक अध्यक्ष विन्दु पौडेलको पहलमा अष्ट्रेलियामा बसोबास गर्नु हुने नेपालीहरू बाट संकलन गरिएको सहयोग रकम १ लाख ८१ हजार केन्द्रीय अध्यक्ष रिता थापा मगर मार्फत हस्तान्तरण गरिएको छ , केहि महिन अघि दुबै मृगौलाले काम गर्न छोडेपछि डायलिससको क्रममा रहेको र चिकित्सकको सल्लाह बमोजिम तत्कालै मृगौला प्रत्यारोपण गर्न र औषधिपचार गर्न आर्थिक समस्या परेको थियो ,उनले आर्थिक रकम जुटाईदिन अनुरोध गरेपछि विभिन्न संघ संस्थाले सहयोग रकम जुटाउन पहल गरेका थिए ।