लोक दोहोरी गायिका दिलु सलामी मगरलाई मातृशोक

-


     कालिका दर्शन     
     फागुन २६ गते २०८० मा प्रकाशित


केपि कुमार जलन/ नेपाल मगर संघ, बागलुङ काठमाडौ सम्पर्क समितिको कार्यसमिति सदस्य, यानीमाया रोधि कल्बका संचालिका , गायिका दिलु सलामी मगरलाई मातृशोक परेको छ I उहाकी आमा जमुना सलामी को ८२ बर्षको उमेरमा बागलुङको दगान्तुडाडा स्थित न्वारा बजार आफ्नै निबासमा निधन भएको हो ।परिबारका अनुसार उहा दमको रोगबाट ग्रसित भई काठमाण्डौको ग्रिन सिटी, बिनायक अस्पताल,र गल्कोट प्राथमिक स्वास्थ्य केन्द्र हटियामा उपचार गराई नियमित औषधी सेबन गर्दे आईरहनु भयको थियो । जमुनाका तीन छोरी झममाया काउचा,तिलमाया श्रिस,दिलु सलामी मगर , तथा एक छोरा टेक बहादुर सलामी मगर छन । आमाको निधनबारे गायिका दिलु सलामी मगरको सहपाठि गायिका बिष्णु जुग्जाली मगरले फेसबुक मार्फत निधनको जानकारी दियकी थिईन । स्वर्गीय जमुना सलामीको पार्थिब शरिरलाई शुक्रबार बडिगाड खोलामा अन्त्यष्टी गरिएको परिबारीक श्रोतले जनायको छ ।