पोखराका मृगौला पिडित कमल परियारलाई उपचारमा समस्या

-


     कालिका दर्शन     
     चैत्र २२ गते २०८० मा प्रकाशित


केपि कुमार जलन/ बिरामी बोक्दै हिडने एम्बुलेनस चालक नै यति बेला अस्पतालको बेडमा मृत्यु संग लडिरहेका छन I पोखरा महानगरपालीका १५ अमिनटार बस्ने कमल परियार लामो समय देखि मृगौला सम्बन्धी समस्या भई अस्पताल मा उपचारत हुनुहुन्छ I सम्बन्धित अस्पतालका चिकित्सकको सल्लाह अनुसार छिटै मृगौला प्रत्यारोपण गर्नु पर्ने र ठूलो धनराशी खर्च हुने देखियको ले आर्थिक अभावमा समस्या परेको छ I उनले आर्थिक सहयोग संकलन गर्नका लागि विभिन्न संघ संस्था देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दाजुभाई हरू संग सहयोगको लागि अपिल गरेका छन ।