केपि कुमार जलन/ झ्याउरे, सालैजो, झाम्रे, ठाडोभाखा र सोरठी यहाँका चर्चित भाका हुन् । तीनै गीतलाई आजभोली होमस्टेमा पनि गाउन थालिएको छ। रोधी जाँदा मादल बजाउँदै सबैले सजिलै गुनगुनाउने गीत भएकाले गण्डक क्षेत्रमा विशेष गरी सालैजो गितको आफ्नै महत्व र बिशेषता छ यसै क्रममा
बागलुङकि लोकप्रिय गायिका तिर्सना घर्ती मगर र गायक हेमन्त आलेको मौलिक सालैजो गीत सोल्टिनीको रेशमी केश सालैजो गित बजारमा आएको छ ।
मोडल आन्नद गुरूङ र लक्ष्मी गुरूङको दमदार नृत्य रहेको छ । शिव हमालको शब्द तथा हेमन्त आलेको संगितमा गीतमा तिर्सना घर्ती मगर र हेमन्त आलेले स्वर दिएका छन तिर्सना घर्ती मगर अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको गितको दिप गुरूङले निर्देशन तथा छाँयाङका गरेका हुन भने पदम सुबेदीले नबिन सम्पादन गरेका हुन । भिडियोको दृश्य निर्माण दिप फिल्मस प्रोडक्सन प्रालीले गरेको छ I