केपि कुमार जलन/ चौथो हिमालयन ईन्टरनेशनल अवार्डको विशेष समारोहमा हिमालयन गित संगित साधना सम्मान २०८० बाट लोक तथा दोहोरी गायिका सुनिता नेपाली सम्मानित हुनु भयको छ । नेपाली लोक गित संगित का क्षेत्रमा लोकगित गायन र सर्जकका रूपमा अनुकरणिय योगदान पुर्याएको भन्दै गायिका नेपालीलाई सम्मान गरिएको हो । उहालाई नेपाल सरकारका मानननिय रक्षामन्त्री हरि प्रसाद उप्रेती ज्युले सम्मानपत्र द्वारा सम्मान गर्नु भएको थियो । स्याङजा वालिङ नगरपालिका ११ पेखुमा जन्मिएकि नेपाली पछिल्लो समय गण्डकी प्रदेशको राजधानी पोखरामा बसेर संगित क्षेत्रमा साधन गरि रहनु भयको छ ।