गण्डकी प्रज्ञा संगीत सम्मानबाट गायक पुरुषोत्तम न्यौपाने सम्मानित

-


     कालिका दर्शन     
     वैशाख ३१ गते २०८१ मा प्रकाशित


केपि कुमार जलन/ भाषा ,कला ,साहित्य, सस्कृती र संगितको उत्थानका लागि गण्डकी प्रदेश सरकारद्वारा स्थापित
गण्डकी प्रज्ञा(प्रतिष्ठानको तेस्रो स्थापना दिवसको अवसरमा आयोजना गरिएको स्रष्टा सम्मान विविध सास्कृतिक,साहित्यक कार्यक्रममा नगद राशी रु। १ लाखसहित “गण्डकी प्रज्ञा संगीत सम्मान(२०८१” द्वारा बरिष्ठ गायक पुरूषोत्तम न्या‌ैपाने सम्मानित हुनुभएको छ I शनिबार गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीज्युको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गायक न्यौपाने लाई सम्मान गरिएको हो ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका पूर्व केन्द्रीय अध्यक्ष समेत रहनु भएका वरिष्ठ लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपाने स्याङजाका स्थायि बासिन्दा भएका न्यौपाने हाल पोखरामा बस्दै आउनु भयको छ ।
कार्यक्रममा सामाजिक बिकाश मन्त्री माननीय सीता सुन्दाश ,ऊर्जा जलश्रोत तथा खानेपानी मन्त्री माननीय बेद बहादुर गुरूङ ,योजना आयोगका माननीय उपाध्यक्ष ,पत्रकार, विभिन्न संघ(सस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।कला, साहित्य ,संगीत र संस्कृतिको बिधालाई महत्वका साथ स्थान दिँदै यिनको संरक्षण तथा प्रवर्धन गर्ने कार्य गरिरहेको प्रतिष्ठानको स्थापना २०७८ साल बैशाख १५ गते भएको थियो ।